एपीएफको लगातार दोश्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर-सामाजिक संजाल
तस्वीर-सामाजिक संजाल

पौष १२,काठमाडौं।
दाङ्गमा चालु प्रधानमन्त्री कपमा एपीएफले लगातार दोश्रो जित हात पारेको छ। प्रदेश २ संग आज भएको खेलमा एपीएफले ८ विकेटले खेल जितेको हो। एपिएफ़ले प्रदेश २ लाई सहजै हराउदा सिताराणा मगरको लय पुन: देखिएको छ। आजको खेलमा ४ ओभर बलिङ्ग गर्दै १४ रन खर्चिएर २ विकेट हात पार्न सफल सीताले बैटिङ्गमा पनि १८ रनको योगदान दिदै प्लेयर अफ दि मेच घोषित हुनुभयो।

यसअघी बैटिङ्ग गर्न आएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ७२ रन मात्रै बनाउन सक्यो। जसमा अनुराधा चौधरीले १८ र सोभा आलेले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सक्नुभएन।
जवाफी बैटिङ्गमा आएको एपीएफले आफ्नो २ विकेट गुमाउदै लक्ष्य भेटाएको थियो। ७३ रनको लक्ष्य भेट गर्न एपीएफले १३.१ ओभर खेल्नु परेको थियो। एपीएफकि ज्योति पाण्डेले ३० रन ,सरिता मगर ६ र इन्दु वर्माले १ रन को योगदान दिनुभयो।

योसंगै एपीएफको एमिफ़ाइनल पुग्ने सम्भावना बलियो रहेको छ।

 

तस्वीर-सामाजिक संजाल
तस्वीर-सामाजिक संजाल
तस्वीर-सामाजिक संजाल