करिब ५ सय संक्रमित थपिदा ७ सय बढी निको भए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष १२,काठमाडौं ।
नेपालमा आज करिब ५ सय कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने झन्डै ७ सय बढी सय संक्रमितहरु निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गत २४ घन्टामा ४ सय ८१ जना नयाँ संक्रमित थपिएका हुन् भने निको हुनेहरुको संख्या ७ सय ३१ छ। योसंगै देशभर कुल संक्रमित संख्या २ लाख ५८ हजार १ सय ८१ र कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संक्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ। नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
देशभर ३ हजार ८ सय २८ जनाको पिसिआर गर्दा उक्त संक्रमण देखिएको छ। हाल सम्म देशभर कुल १९ लाख ९ हजार ६ सय ५४ पिसिआर गरिसकिएको छ।

आज देशभरबाट ६ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय २५ पुगेको छ।
आज  जम्मा सक्रिय संक्रमित ६ हजार ४ सय ९३ रहेको छ।