नेरी थापाको उत्कृष्ट बलिङ्गले लुम्बिनी बिजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर-सामाजिक संजाल

पौष १२ ,काठमाडौं ।
नेरी थापाको उत्कृष्ट बलिङ्ग प्रदर्शनमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ। दाङ्गमा संचालित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज खराब मौसमका कारण झन्डै २ घण्टा ढिलो सुरु भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेश माथि सहज जित हात पारेको छ।
पहिलो बैतिंग गरेको कर्णालीलाई ३५ रनको झिनो स्कोरमा रोक्न लुम्बिनीकी बलर नेरी थापाले महत्वपूर्ण २ विकेट हात पारेकी हुन्। उनि ३ ओभर बलिङ्ग गर्दै जम्मा १३ रङ खर्चिनु भयो। त्यसमा २ वटा चौकाको सिकार हुनु परेको थियो।
१३ ओभरमा छोट्याईएको खेलमा पहिले बैटिङ्ग गर्दै कर्णालीले ६ विकेट गुमाई ३५ रन बनाएको थियो।

खराब बलिङ्ग प्रदर्शन गरेको कर्णालीले २० रन अतिरिक्त मात्रै दिएको थियो। ३६ रनको सानो लक्ष्य लिएको लुम्बिनीले ३.१ ओभर मै १ विकेट गुमाई लक्ष्य प्राप्त गरेको थियो। नेरी थापाले बैटिङ्गमा पनि २ चौका सहित ९०.०० को स्ट्राईक रेटको दरले ९ रन को योगदान दिनु भएको थियो।
खेलको प्लेयर अफ दि मेच रेरी थापा खोषित हुनुभएको क्यानको मिडिया शाखाले घामछायाँलाई जानकारी गराएको छ।

तस्वीर-सामाजिक संजाल
तस्वीर-सामाजिक संजाल