कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित:८ करोड ६७ लाख ६ हजार ७५
निको भएका :५ करोड ६८ लाख ९४ हजार १ सय २५
मृत्यु : १७ लाख ६४ हजार १ सय ९०
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा आज ५ सय कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने झन्डै साढे ८ सय संक्रमितहरु निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गत २४ घन्टामा ५ सय जना नयाँ संक्रमित थपिएका हुन् भने निको हुनेहरुको संख्या ८ सय ४० छ। योसंगै देशभर कुल संक्रमित संख्या २ लाख ५७ हजार ७ सय र कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संक्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ। नेपालमा निको हुने दर ९६.७ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
देशभर साढे ५ हजार ४ सय ३४ जनाको पिसिआर गर्दा ५ सय जनामा संक्रमण देखिएको छ। हाल सम्म देशभर कुल १९ लाख ५ हजार ८ सय २६ पिसिआर गरिसकिएको छ।

आज देशभरबाट ३ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय १९ पुगेको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमित दर ३ प्रतिशत भन्दा पनि कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर आज सक्रिय संक्रमितहरुको दर २.६२ प्रतिशत रहेको छ। आज  जम्मा सक्रिय संक्रमित ६ हजार ७ सय ४९ रहेको छ।