
पौष ११ ,
एपीएफकि ब्याट्स्मेन सिता राणा मगरसंग कर्णाली टिम हारेको छ। प्रधानमन्त्रि कप महिला क्रिकेट प्रतियोगिताको दोशो खेलमा एपीएफकि ब्याट्स्मेन सिता राणा मगरले बनाएकी व्यक्तिगत स्कोर बराबर पनि कर्णाली टिमले रङ जोड्न नसकेपछि भारि अन्तरको हार व्यहोरेको छ।
टस चिती बैटिङ्ग रोजेको एपिएफ़ले निर्धारित २० ओभरमा ४ विगेत गुमाउदै २३५ रनको योगफल तयार पारेको थियो। त्यसका लागि एपीएफ कि सिता राणा मगरले अर्धशतकीय पारि खेल्दै ५९ बलमा ८ चौकाको मदतले ६८ रन बनाउनु भयो। एपिएफ़ कै सरिता मगरले ४४ ,ज्योति पाण्डेले ३२,इन्दु वर्माले २२ र ममता चौधरीले २ रनको योगदान दिनुभयो।
बलिङ्ग तर्फ़ कर्णालीकि दीक्षा पुरीले २ ,निशा पराजुली र अन्जु गुरुङ्गले १/१ विकेट लिनुभयो।
२३६ रनको विजयी लक्ष्य पन्च्याउने क्रममा कर्णालीकि ५ जना ब्याट्स्मेन खाता नै नखोली आउट हुनु भएको थियो। कर्णाली प्रदेशले १४.१ ओभरमा आफ्नो सबै विकेट गुमाई जम्मा ३१ रन जोड्न सकेको हो। कर्णाली प्रदेशलाई सहजै समेट्न एपिएफ़कि करुणा भण्डारीले ३.१ ओभर बलिङ्ग गर्दै २ ओभर मेडन राखी जम्मा २ रङ खर्चेर ५ विकेट लिन सफल हुनुभयो।
एपीएफकि अर्की बलर राजमती एरिले २ ,सोनु खड्का र रेखा रावलले १/१ विकेट लिनु भयो। खेलको प्लेयर अफ दि म्याच सिता राणा मगर हुनुभयो।
प्रतिक्रिया