
पौष ११ ,काठमाडौं।
प्रधानमन्त्रि कप महिला क्रिकेटको उद्धघाटन खेलमा लुम्बिनी विजयी भएको छ। दाङ्गको लमहीमा आज भएको प्रदेश २ र लुम्बिनी बिचमा लुम्बिनीकी सुस्मिता भुसालको सानदार बलिङ्गको सहयोगमा लुम्बिनीले प्रदेश २ माथि ९ विकेटले जित हात पारेको छ।
प्रदेश २ ले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै ७७ रनको सामान्य योगफल तयार परेको थियो। जसमा प्रदेश २ कि अनुराधा चौधरी र साना प्रविनले २१ रन बनाउनु भएको थियो। बिमला मगरले १० रनको योगदान दिनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन।
प्रदेश २ लाई सहजै धरासाही बनाउन लुम्बिनीकी बलर सुस्मिता भुसालले ४ ओभरमा १० रन खर्चिदै महत्वपूर्ण ३ विकेट हात पार्नुभयो। त्यस्तै लुम्बिनीकी गीता गोसाई,स्वतिका बजगाई र नेरी थापाले समान १/१ विकेट लिनु भयो।
७८ रनको लक्ष्य लिएर मैदान उतारेको लुम्बिनीले १६.१ ओभरमा नै १ विकेट गुमाई लक्ष्य भेटाएको थियो। उसका लागि लुम्बिनीकी गीता गोसाईले अविजित २३ रन बनाईन।लुम्बिनी कै सरस्वति गोस्वामिले २२ र नेरी थापाले १५ रन बनाएकी थिइन्।
खेलका प्लेयर अफ दि म्याच लुम्बिनीकी सुस्मिता भुसाल घोषित भईन।
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोश्रो खेल एपीएफ र कर्णाली प्रदेशबीच भईरहेको छ।
प्रतिक्रिया