लक्ष्य त धरहराको उद्घटान त्यही दिनमा गर्ने हो, जुन दिन त्यो ढलेको थियो । अर्थात् आउँदो वैशाख १२ गते । धरहरा पुननिर्माणको अहलेसम्मको प्रगतिले त्यसो हुनु चुनौतिपूर्ण रहेको बताउँदै छ । विभिन्न कारणले व्यवसायीले साइटहरु नपाउनु, पाएको साइटमा तत्काल काम थाल्न नसक्नु र कोभिड १९ महामारीका कारण कामदारको अभावका कारण धरहरा, सुन्धारा तथा मुद्रा र भूकम्प संग्रहालय सबैको काम सकेर वैशाखमै उद्घाटन गर्ने अवस्थासम्म कठिन छ ।
अहिले २० औं तला ढलानका लागि काम भइरहेका धरहराको संरचना करिब ९० प्रतिशत पुरा भएको छ । अब बाल्कोनी, दुई तला (एक घेरो) त्यसपछि गजुर । पहिलको तुलनामा ठूलो भएको धरहराले अब गजुर समेत अग्लै पाउने भएको छ । पहिले १६ फिटको भूकम्पले ध्वस्त भको गजुर मर्मत र सुनको मोलम्बा सहित २५ फिट अग्लो हुँदैछ ।
धरहरा पुनर्निर्माण कार्यमा युरोपियन युनियनको प्राविधिक सहयोग अन्तर्गत राष्टिय पुनर्निर्माण प्राधिकरणमा विशेषज्ञको रुपमा कार्यरत राजुमान मानन्धरको भनाई छ ,सँगै बन्नुपर्ने तीन तले भूमिगत पार्किङ, सुन्धाराको संचालन अनि मुद्रा र भूकम्प संग्रहालका लागि आधारभूत काम नै भइरहेका छन् ।

धरहरा बनाउनेहरु चिन्ता सुन्धाराको पानीलाई कहाँँबाट निकास दिने भन्ने केन्द््िरत भएको छ अहिले। सामान्य सतह भन्दा ७.२ मिटर तल रहेका सुन्धारामा पानी आउनु पनि पर्यो र आएको पानी कतै निकास भएर जानु पर्ने पर्यो । यसका लागि सुन्धाराको दक्षिणतर्फ रंगशालाको आग्नेय कुना हुँदै टुकचा र सम्म ढल हाल्नुपर्ने अवस्था छ । त्यो ढल खन्ने काम लरोतरो हुने छैन ।
बाँकी दुई वटा संग्रहालय मध्ये मुद्रा संग्रहालयका लागि संरचना निर्माण सहज देखिन्छ भने भूकम्प संग्रहालयको काम केही जटिल छ । ”त्यहाँ जाने मानिसले भुकम्प बारे एउटा गतिलो जानकारी मात्र होइन भुकम्प आउँदा जमिन कसरी हल्लिन्छ भन्ने अनुभूति समेत लिएर फर्कने छ”, मानन्धर भन्नुहुन्छ।




अब भिडियो हेरौ
प्रतिक्रिया