पौष १० । काठमाडौं ।
नेपालमा आज ६ सय बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गत २४ घन्टामा ६ सय ८ जना नयाँ संक्रमित थपिएका हुन्। योसंगै देशभर कुल संक्रमित संख्या २ लाख ५७ हजार २ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
देशभर साढे ४ हजार १ सय ४२ जनाको पिसिआर गर्दा ६ सय बढी जनामा संक्रमण देखिएको छ।
आज ८ सय ९२ जना संक्रमितहरु निको पनि भएका छन्। हाल सम्म देशभर कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संक्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ। नेपालमा निको हुने दर ९६.५ प्रतिशत रहेको छ।
आज देशभरबाट ९ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय १६ पुगेको छ।
नेपालमा कोरोनाका सक्रिय संक्रमित दर ३ प्रतिशत भन्दा पनि कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर आज सक्रिय संक्रमितहरुको दर २.७६ प्रतिशत रहेको छ। आज जम्मा सक्रिय संक्रमित ७ हजार ९२ रहेको छ।
प्रतिक्रिया