प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण डिश होमबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर :सामाजिक संजालबाट

जय यादव।
पौष १०,काठमाडौं।
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश होमले गर्ने भएको छ। क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) संगको एक सम्झौता पछि डिश होमले खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको क्यानले जनाएको छ।
घामछायाँसंग कुरा गर्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले डिशहोमको च्यानल एक्शन स्पोर्ट्स एचडिबाट प्रतियोगिता अवधिभरको सबै खेल प्रसारण गर्ने सम्झौता भएको बताउनु भयो।
खेल प्रत्यक्षक प्रसारण गर्न तोकिएको सम्झौता रकम भने उल्लेख गर्न नमिल्ने उहाँले बताउनु भयो।

महिला टोलीको खेल भोलि बिहान ९ बजेदेखि दाङ्गको लमहीमा आयोजना हुदै छ। २ समुहमा खेल टोलि विभाजन गरिएको प्रतियोगिता पौष १९ गते सम्म हुने अध्यक्ष चन्दले बताउनु भयो। प्रतियोगितामा समूह ‘ए’ मा एपीएफ,प्रदेश २ ,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समुह ‘बी’ मा सुदुर पश्चिम प्रदेश ,बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ रहेका छन्।

तस्वीर :सामाजिक संजालबाट

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक घोराही सिमेन्ट रहेको छ।
उत्ता विन्दू रावलको कप्तानीमा सुदूरपश्चि टिम टिम घोषणा भएको छ। उपकप्तानमा रुबी पोदार रहनु भएको सुदुरपश्चिम टिममा रितु कनौजिया, रेवती धामी, सम्झना खड्का, कविता कुँवर,कविता जोशी, मञ्जु बोगटी, डली भट्ट, लक्ष्मी साउद, दिव्या कार्की, सुनिता लुहार, दीपा जोरा र स्नेह महरा छन्। मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र पवित्रा धामी भने वैकल्पिक खेलाडीको रुपमा हुनुहुन्छ ।