साढे ५ हजारको पिसिआर गर्दा ६ सय बढि संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष ०९। काठमाडौं ।
देशभर साढे ५ हजारको पिसिआर गर्दा ६ सय बढी जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ५ हजार ५ सय १० जनाको पिसिआर गरिएकोमा ६ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। यो संगै देशभर कुल संक्रमित संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

आज ७ सय ३९ जना संक्रमितहरु निको पनि भएका छन्।हाल सम्म देशभर कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संक्या २ लाख ४७ हजार ४ सय पुगेको छ। नेपालमा निको हुने दर ९६.४ प्रतिशत रहेको छ।

आज देशभरबाट ५ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १८ सय ८ पुगेको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमित दर ३ प्रतिशत भन्दा पनि कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर आज सक्रिय संक्रमितहरुको दर २.८८ प्रतिशत रहेको छ। आज  जम्मा सक्रिय संक्रमित ७ हजार ३ सय ८४ रहेको छ।