क्रिस गेल र कुशल मल्ल एउटै ड्रेसिङ्ग रुममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पौष ०९, काठमाडौं।

नेपाली युवा खेलाडि कुशल मल्ल अबुधाबी टी-१० लिगमा वेस्टईण्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल आबद्ध टिम आबुधाबीबाट खेल्ने भएका छन्। कुशल मल्ल संगै अन्य २ जना नेपाली खेलाडि पनि यसपालिको अभुधाबी टी-१० लिगमा खेल्ने भएका छन् । टी-१० खेल्ने नेपाली क्रिकेटरमा सोमपाल कामी, करण केसी र कुशल मल्ल रहेका छन् ।

सोमपालले मराठा अरेबियन्स, करणले पुणे बुल्स र कुशलले टिम आबुधाबीबाट चौथो सिजनको टी-१० लिग खेल्ने भएका हुन् । सोमपाल, करण र कुशलको पारिश्रमिक भने तत्काल खुलाइएको छैन । सोमपालका लागि यो दोस्रो विदेशी लिग हो । यी तिनै खेलाडी आक्रामक ब्याटिङका साथै बलिङ पनि चम्केका हुन् ।

सोमपाल आबद्ध मराठा अरेबियन्समा सोएब मलिक,महम्मद हफीज ,तस्किन अहमद त्यस्तै करण केसीको पुणे बुल्समा श्रीलंकाका थिसारा पारेरा ,पाकिस्तानका महमद आमिर,तिब्र गतिका बलर अजन्था मेण्डिस तथा स्यम बिलिङ्गस जस्ता प्रसिद्ध खेलाडीहरु छन् भने कुशल मल्लले कृष् गेल,कृष् मोरिस संग एउटै टिममा खेल्न मौका पाउने छन्।

नेपाली क्रिकेट इतिहासमा एकै पटक तीन खेलाडी अनुबन्ध भएको पहिलो पटक हो । गत सिजनमा पारस खड्का र सन्दीप लामिछानेले टी-१० लिग खेलेका थिए । अबुधाबी टी-१० लीगको नयाँ सिजन जनवरी अन्तिम साताबाट सुरु हुँदैछ। टी-१० लिगको नयाँ सिजन २८ जनवरीदेखि ६ फेब्रअुरी २०२१ सम्म हुनेछ। चौथो संस्करणमा ८ वटा टोलीहरू सहभागी हुने भएका छन्।

यसअघि टी१० मा नेपालका पूर्वकप्तान पारस खड्का र लेगस्पिनर सन्दीप लामिछानेले खेलिसकेका छन् । योसँगै १० ओभरको नयाँ फर्म्याट खेल्ने सोमपाल तेस्रो नेपाली क्रिकेटर भएका छन् । पारस भने टिम आबुधाबीमा फरक भूमिकामा जोडिएका छन् । यो सिजनमा पारस अबुधावीको इमर्जिङ मेन्टर नियुक्त भएका छन् ।

यो पटक टिम आबुधाबी, मराठा अरेबियन्स, बंगला टाइगर्स, डेक्कन ग्लाडियटर्स, क्वलन्दर्स, दिल्ली बुल्स, नर्दन वारियर्स र पुणे डेविल्सले लिगमा भाग लिने छन्। सबै खेलहरू अबुधाबीको शेख जायद स्टेडियममा हुनेछन् ।