कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित:७ करोड ९० लाख २२ हजार ६ सय ९५
निको भएका :५ करोड ५६ लाख ०१ हजार १ सय ५६
मृत्यु : १७ लाख ३६ हजार २ सय ९६
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा कोरोना सनक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय नाघेको छ। आज देशभरबाट ५ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १८ सय ३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

गत २४ घन्टामा नेपालभरि ७ सय ४३ जना कोरोनाका नयाँ संक्रमितहरु पनि थपिएका छन। यो संगै कुल संक्रमित संख्या भने २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमित दर ३ प्रतिशत भन्दा पनि कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर आज सक्रिय संक्रमितहरुको दर २.९४ प्रतिशत रहेको छ। आज  जम्मा सक्रिय संक्रमित ७ हजार ५ सय १५ रहेको छ।

देशभर आज ९ ५२ जना निको भएका छन् । यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।