तापक्रम –
अधिकतम: २५.६ डिग्री (भैरहवा)
न्युनतम :- -३.४ डिग्री (जुम्ला )
पौष ९ गते (बिहीबार)
दिउँसो : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ का पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम विश्लेषण :
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था :
हाल गण्डकी, लुम्बिनि, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ |
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/०९ देखि २०७७/०९/११) जारी समय : बिहान ६:०० बजे
दिउँसो ःप्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देश अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ। तराई तथा पहाडि भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
प्रतिक्रिया