जय यादव।
पौष ०८। काठमाडौं ।
चिनिमिलहरुले उखु किसानलाई जूना रकमको नाममा समेत अर्को शोषण गरिरहेको प्रमाण घामछायाँले फेला पारेको छ।
भुक्तानी लिएका किसानबाट प्राप्त जानकारी अनुसार चिनी मिलले एक क्विन्टल बराबर १ किलोका दरले मात्र जूना रकम कटाउनु पर्नेमा कयौ किलो बढि रकम कटाएर किसानलाई दिने गरेका छन्। जूना रकम किसानले चिनी मिललाई उखु बेच्ने क्रममा प्रति क्विन्टल १ किलोको दरले सरकारी करको रुपमा कटाउनु पर्छ। त्यस विपरित चिनी मिलले सयौं किलो बढी जूना रकम कट्टा गरेको छ। जसले गर्दा किसानहरुले पाउनु पर्ने रकम १२ हजार रुपैया सम्म कम रकम पाउने गरेका छन्।
उखु किसान श्यामबाबु साहका अनुसार सर्लाहीको अन्नपुर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज प्रा.लि.ले १ सय ३५ क्विन्टल २० किलो ग्रास तौल गरिएको उखुमा १२ हजार कम रकम भुक्तानी गरेको छ।
”१ सय ३५ क्विन्टल ग्रास तौल मध्ये ट्रयाक्टरको इन्जिन र टेलरको तौल ३५ क्विन्टल ९० किलो घटाउदा ९५ क्विन्टल ३० किलो वास्तविक तौल हुन्छा जसको जूना ९६ किलो कट्टा गर्दा पनि ९४ क्विन्टल ३४ किलो बाकी रहनछ तर जूना ७० क्विन्टल ५२ किलो जोडिएको छ।”,उहाँले भन्नु भयो।
”२३ क्विन्टल ८२ किलो उखुको हिसाब अझै गडबड रहेको छ। त्यो किन र कसरि भयो?” उहाँको प्रश्न छ।
उक्त २३ क्विन्टल ८२ किलो उखुको सरकारी दर अनुसार १२ हजार ७ सय ८० रुपैया हुन्छ। सरकारले तोकेको ५ सय ३६ रुपैया ५६ पैसा प्रति क्विन्टलका दरले उखु विक्री गरिएका छन्। सरकारले उखु किसानहरुलाई ४ सय ३५ रुपैयाको दरले अनुदान दिदै आएको छ। उद्योग मन्त्रलायका कर्मचारीहरुले भुक्तानी गराउने पहल गरिरहेको भएपनि केहि किसानहरुलाई मात्रै भुक्तानी गराउन सकेको र बाकि किसानको भुक्तानी कहिले गराउने र कुन दरले रकम भुक्तानी गराउने भने अझै अन्यौल मै छ।
प्रतिक्रिया