मृतक संख्या १८ सय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष ०८। काठमाडौं ।
नेपालमा कोरोना सनक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय नाघेको छ। आज देशभरबाट ५ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १८ सय ३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

गत २४ घन्टामा नेपालभरि ७ सय ४३ जना कोरोनाका नयाँ संक्रमितहरु पनि थपिएका छन। यो संगै कुल संक्रमित संख्या भने २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमित दर ३ प्रतिशत भन्दा पनि कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर आज सक्रिय संक्रमितहरुको दर २.९४ प्रतिशत रहेको छ। आज  जम्मा सक्रिय संक्रमित ७ हजार ५ सय १५ रहेको छ।

देशभर आज ९ ५२ जना निको भएका छन् । यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।