पौष ०६। काठमाडौं ।
नेपालमा कोरोनाका सक्रिय संक्रमित दर ४ प्रतिशत भन्दा पनि कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर आज सक्रिय संक्रमितहरुको दर ३.०३ प्रतिशत रहेको छ। आज जम्मा सक्रिय संक्रमित ७ हजार ७ सय २९ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
देशभर आज ९ सय ६६जना निको भएका छन् । यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ४५हजार ७ सय ०९ पुगेको छ । गत २४ घन्टामा नेपालभरि ७ सय २२ जना कोरोनाका नयाँ संक्रमितहरु थपिदा कुल संक्रमित संख्या भने २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।
गत २४ घन्टामा ३ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
यो संगै हाल सम्म १८ लाख ८४ हजार १ सय ८१ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
प्रतिक्रिया