बृहस्पति र शनि नजिकै ! के होला नतिजा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रशान्त त्रिवेदी

जो मानिसहरुलाई निरयन पद्धतिको बारेमा थाह छ , उहाँहरुलाई थाह छ कि अहिलेको शनि र बृहस्पतीको युति मकर राशिमा हुदैछ ।

त के भैरहेको छ भने, यो युति भुमितत्व राशिमा छ । मकर भुमि तत्व राशि हो। अब कुरा के हो भने एउटा कालचक्र सुरु भएको थियो। जब बृहस्पति र शनिको युति हुन्छ तिन पटकसम्म , तपाईलाई थाह छ हरेक बिस वर्षमा यो युति हुन्छ । यदि 3 चोटि यो युति एउटै तत्वमा हुन्छ जस्तो कि अग्नि , पृथ्वी, वायु वा जल तब त्यो तत्वको युग हुन्छ। त्यसैले 200 वर्ष अगाडि यो युति अग्नि तत्वमा भएको थियो, बृहस्पति र शनिको युति। त्यसैले त्यो समयमा अग्नि युग प्रारम्भ भयो। अहिलेको समयको यो युति अनि अर्को अनि अर्को तिनवटै भुमि तत्वको राशिमा हुनेछन् । साठी वर्ष सबै भुमि तत्वको राशिमा। त्यसैले यसको अर्थ अग्निको युग परिवर्तन भएर भुमिको युग आउदैछ। त्यसैले जब अग्निबाट भुमिमा केही कुरा बदलिन्छ भने के हुन्छ त ? पछिल्लो 200 वर्षमा के भयो ? पछिल्लो 200 वर्षमा के भयो त्यो हेर्नुहुन्छ भने , औद्योगिक क्रान्ति भयो । औद्योगिक क्रान्तिमा प्रमुख कुरा के हो त ? अग्नि हो । मेसिनहरु कसरी चल्छन् ? वाष्प इन्जिन कसरी चल्छ? मोटोर कार कसरी चल्छ? जुनसुकै मेसिन पनि। मोटोरकार आदि सबै कुन तत्वमा निर्भर हुन्छन् ? अग्नि तत्वमा ।अनि अग्नि चाहिँ के हो त ? मनोबैज्ञानिक तहमा पनि हेर्दा। अग्नि धेरै गतिशिल हुन्छ। तपाईलाई थाह छ मानिसहरु संसारभरी भ्रमण गरे । त्यो भन्दा अगाडि त्यति धेरै गति थिएन। तर अहिले मानिसहरु संसारको कुनै पनि कुनाबाट संसारको कुनै पनि कुनामा गए किनकी आगो फैलिन्छ हैन ?

अग्नि तिब्र , चलायमान त्यस्तो चिज हो । अनि अब हामि पृथ्वी तत्व तिरको ध्रुवमा प्रवेश गर्दै छौ जुन ठूलो परिवर्तन हो । पृथ्वि तत्व तिरको ध्रुव के हो त ? पृथ्विको ध्रुवियता वास्तवमा स्थिरता हो अनि खानेकुरा, आधारभुत चिजहरु, जिवनको वास्तविकता। मानिसहरु आधारभुतबाट टाढा गएका छन् । उनिहरुलाई थाह छैन के खाने , के गर्ने वा अरुकेही , शरिरको हेरचाह कसरी गर्ने , आधारभुत चिजहरु राम्ररी कसरी गर्ने … यो केही पनि कुराहरुलाई पछिल्लो शिक्षा व्यवस्थामा महत्व दिईएको छैन। पछिल्लो ५० वर्ष – ७५ वर्षमा पनि महत्व दिईएको छैन । अब फेरि त्यो सबै चिजहरु महत्वपुर्ण हुनेछन् । यो समाज कसरी संरचित छ, संरचना, सरकार । तिन वटा भुमि राशिहरु हुन्छन् वृष , कन्या र मकर । वृष भनेको पृथ्वीले सप्रदान गर्ने चिजहरु , खाने कुरा जो त्यहाँबाट आउँछ। कन्या भनेको यो सबै भौतिक चिजको व्यवस्थापन हो, र मकर त्यो सबै चिजको अन्त्यमा हुने वितरण हो जसलाई अहिले सरकार भनिन्छ।

व्यवस्थाको पुर्ण परिवर्तन अत्यावश्यक

बृहस्पति शनिको युति मकरमा हुदैछ त सुरुमा यसले के परिवर्तन गर्न आवश्यक छ ? संरचना , सरकारि संरचना, त्यसको परिवर्तन जरुरी छ। यो वर्ष सबै मानिसहरुले सरकार परिवर्तन हुन जरुरी छ भनेर बुझे कि नाइँ ? सबै देशको सबै मानिसहरुले यो कुरा बुझे नि ? के कुनै देशमा मानिसहरु सरकार देखि खुसी छन् ? तपाईं कुनै पनि देशमा हेर्न सक्नुहुन्छ। के मानिसहरु सरकारदेखि खुसी छन् ? पछिल्लो समयमा तिनले के गरेका छन् ?

कोहिपनी खुसी छैनन्। त्यसैले बृहस्पति र शनिको युतिले भनिरहेको छ कि तपाईले अब यो परिवर्तन गर्नुपर्छ। मानिसहरु सोच्छन् कि सरकार उनिहरुको लागि हो, उनिहरुको निम्ति हो तर त्यो सत्य होईन । मानिसहरुले बुझ्न जरुरी छ कि व्यवस्थाको पुर्ण परिवर्तन जरुरी छ। अब, परिवर्तन कसरी हुन्छ अनि नयाँ चिज के हुन्छ त्यो मानिसहरुमा निर्भर हुन्छ तर जसरी पनि परिवर्तन त शतप्रतिशत आउनेछ। अनि बृहस्पति र शनीको युति मकरबाट सुरु हुनुको अर्थ यहाँबाट सुरु गरिनुपर्छ, सम्पुर्ण व्यवस्थाको परिवर्तनबाट। सरकारी व्यवस्था , व्यवस्था कसरी संचालित छ। सबै देशहरुमा अनि हामिले त्यसको संकेतहरु देख्न सुरु गरिसकेको छौ। आउँदो दुई वर्षको लागि मंच तयार भईसकेको छ अनि अब खेल हुन सुरु हुनेछ। अब मानिसहरुले निर्णय लिनुपर्ने हुन्छ कि उनिहरुले के गर्न चाहन्छन् अनि कस्तो खालको नयाँ व्यवस्था उनिहरु चाहन्छन् । सबैको आफ्नै बिचार र आफ्नै एजेन्डाहरु हुनेछन् । सबै खालको एजेन्डाहरु आउनेछन् तर अन्त्यमा मानिसहरुले निर्णय लिनुपर्ने हुन्छ उनिहरुले त्यसबाट के चाहन्छन् । अनि तपाईलाई थाह छ मैले ३ नोवेम्बर २०१९ मा एउटा संवाद गरेको थिए, हामिले त्यसको बारेमा कुरा गरेको थियौँ अनि मैले भनेको थिए चिजहरु परिवर्तन हुनेछन् आउदो दुई वर्षमा अनि हामिलाई यो वर्ष के के भयो त्यो थाह भईसकेको छ। अब, यो वास्तवमै हुँदैछ ।

अभिजित नक्षत्र ~ अन्त्यमा दिव्यशक्तिकै जित।

अनि यो युतिको राम्रो पक्ष भनेको , वैदिक दृष्टिकोणबाट , जुन मानिसहरुलाई थाह नहुनसक्छ यो हो कि यो युति अभिजित नक्षत्रको धेरै नजिक हुँदैछ। अभिजित नक्षत्र मकरको 6 अंश 40 कला तिर हुन्छ है… त्यहाँबाट अरु 10 अंश… त्यसलाई अभिजित नक्षत्र भनिन्छ । त्यो विशेष क्षेत्र नयाँ सुरुवातहरुको लागि राम्रो हो । यो विशेष नक्षत्र क्षेत्र हो ज्योतिषभित्रको जसले भन्छ कि यो नयाँ सुरुवात हुनेछ अनि ” भगवानको विजय ” यसलाई अभिजित भनिन्छ ~ अपराजित । आधारभुत रुपमा यो हो कि दिव्यशक्तिले सधैं जित्छन् अन्त्यमा ।

शनीय गम्भिरताको पाटो

यो कुरा अझै गम्भिर छ किनकी शनि धेरै निकट रुपमा सहभागी छ… त्यसैले व्यवहारिक समझ हुन जरुरी छ। वृहस्पतीवाला आशावादि कुरामात्रै होईन । युति शनिको राशिमा हुँदैछ त्यसैले व्यवहारिक समझ हुनैपर्छ जसप्रती मानिसहरुले ध्यान दिएका छैनन् पछिल्लो दुई सय वर्षमा । म भन्न चाहन्छु कि पछिल्लो चालीस – पचास वर्षमा अझै धेरै। किनकी शनिबारलाई ( शनि ग्रहको दिनलाई ) अहिले रक्सी पिउने दिनको रुपमा हेरिन्छ धेरैजसो… त्यसैले मलाई लाग्दैन शनिलाई धेरै प्रयोग गरिएको छ एउटा स्व-अनुशासनको ग्रहको रुपमा। शनिको मूल्यमान्यताहरु धेरै अनुपस्थित छन् अनि फेरि मानिसहरुले थाह पाउनेछन् कि शनिको मूल्यमान्यताको अर्थ हुनेछ। तपाईं जथाभावी ढंगको बनेर यसबाट भाग्न सक्नुहुदैन । जथाभावी बिचार राख्ने मानिसहरुको लागि समय कठिन बन्नेछ।

त्यसैले मानिसहरु जो शनिको मूल्यमान्यतामा पहिल्यैदेखि छन् जो अनुशासित तवरले जिउन तयार छन् र अनुशासित हुन्छन् उनिहरुको लागि सजिलो हुनेछ। कोहि मानिसहरु भन्छन् ” मलाई यो यो अनि यो चिजहरु चाहिन्छ” । तर तपाईले सबै कुरा पाउन सक्नुहुन्न यो समयमा। त्यसैले सबैले आफुलाई अनुशासित बनाउनुपर्ने हुन्छ, आफुलाई सानो बनाउनुपर्ने हुन्छ, सिमामा रहनुपर्ने हुन्छ। कुनै पनि किसिमको बचपना वा माग गर्ने स्वभाव, मुर्खतापूर्ण स्वभाव अनि यी कुनैपनि कुराहरुको धेरै बिस्तार यो युतिभित्र हुनेछैन।

२०२१ मा अझै धेरै परिवर्तन

यो वर्ष २०२० सालमा जे भयो त्यो एउटा सानो प्रस्फोट हो, २०२१ मा धेरै परिवर्तनहरु हुनेछन् , किनकी शनि वृहस्पति दुवै मकरमा बस्छन् अनि जब बिचमा बृहस्पति कुम्भ राशिमा जान्छ तब हामिले कुम्भ राशिको प्रभाव देख्न सक्छौ किनकी मुख्यतया भव्यचक्र अनुसार हामी अहिले कुम्भ राशिको युगमा छौ।

समग्र रुपमा अनि तुलनात्मक रुपमा बीस वर्षको कालवधि संक्षिप्त हो तर आखिरमा विश्वभरिका यी कथित सरकारी संरचनाहरु ढल्नुपर्नेछ किनकी तिनिहरु बेकार छन् , तिनिहरु कुनै पनिको कुनै अर्थ छैन, कुनैपनि बैध छैनन्, तिनिहरु भ्रष्ट मात्र छन् ।

जब चिजहरु पृथ्वि तत्वको राशिमा आउछन् तब के हुन्छ त? कुरा बाच्नुतिर आउँछ किनकी यो वास्तविक भौतिक पृथ्वीको चिजसंबन्धी हो । के तपाईले खाने कुरा पाउनुहुनेछ ? यस्तो खालको चिजमा कुरा आईपुग्नेछ।

यदि यसरी नै चिजहरु चल्ने हो भने अब आउने विषय भनेको खानेकुराको रोजाई हो । किनकि भुमितत्वको राशिले सबै बेवास्ता गरिएका चिजहरुतिर लैजान्छ। अहिलेसम्म मानिसहरु त्यति धेरै व्यवहारिक कुराको लागि डराएका थिएनन्। यो अहिलेको प्रविधीको युगले सृजना गरेको आम कुरा हो। यो प्रविधीहरु अग्नितत्वकै पाटो हो जुन बाटोतिर मानिसहरु गए । तर अब मानिसहरु जीवन र अस्तित्वको धरातलिय यथार्थमा आउनेछन् ।

त्यसैले मानिसहरुले त्यसको सामना गर्नुपर्नेछ जो कोहिपनि सामना गर्न चाहदैनन् । वास्तवमा जिउनको लागि के चाहिन्छ त्यसको आधारभुत चिजमा कोहि पनि जान चाहदैनन् । जिउनको लागि मोबाईल फोनको आवश्यकता पर्दैन । तपाईले आफ्नो फोन खानसक्नुहुन्न तर अहिले मानिसहरुले त्यस्तै सोच्छन् । यदि उनिहरुसंग मोबाईल फोन छ र उनिहरुले त्यसमा टाईप गर्न पाउछन् त सबै सहि छ । अनि यो बारेमा धरातलमा ल्याईनेछ कि तथ्य त्यस्तो होईन ।

अनि यो जो भ्याक्सिनको कुरा आईरहेको छ त्यो भौतिक यथार्थता हो , मानसिक कुरामात्रै हैन ।सबैकुरा भौतिक हो जो हाम्रो शरिरसंग सम्बन्धित छ है … भौतिक कुरा, वास्तविक कुरा न कि मानसिक संरचना। मानिसहरुले केही भौतिक तहको निर्णयहरु लिनुपर्ने हुन्छ न कि केबल मानसिक तहको।

स्व-केन्द्रीकरण र धर्तिमा छुनु

अनि मैले सधैं भनिरहेको छु कि मानिसहरुले आफ्नो शरिरलाई नियन्त्रणमा लिनुपर्ने हुन्छ, शरिरको ख्याल राख्नुपर्ने हुन्छ अनि केन्दृकरण अनि ती सबै कुराहरु। मानिसहरु जसले त्यो केन्दृकरण गर्दैनन् , जुन विध्वंस आउनेछ त्यसलाई सम्हाल्न सक्दैनन् किनकी उनिहरु केन्दृकृत भईरहेको हुदैनन् त्यो अवस्थालाई सम्हाल्न सक्षम बन्नको लागि । त्यसैले जब बाहिरी चिजहरु बढी विध्वंसकारी वा तनावग्रस्त वा भड्किलो बन्छ ,त्यति नै बढी आफुभित्रको केन्द्र तपाईंलाई जरुरी हुन्छ।

मैले जब २०१९ मा भनेको थिए कि पृथ्वीको मुहार फेरिने छ , त्यो परिवर्तनको पहिलो चरण पूरा भईसकेको छ। अब दोस्रो चरण हो, होईन त ? अबको समय कार्यसम्पादनको हो किनकी मकर राशि वास्तविक कार्य सम्पादनको बारेमा हो ।

हरेक व्यक्ती जसको शरीर छ उसले केही कार्य गर्दछ अनि केही निर्णय गर्दछ । जब कुनै निर्णयलाई जिवनमा कार्यसम्पादन गरिन्छ त्यसको फल वा व्यवहारिक परिणाम हुन्छ । मैले शनिय अनुशासन धेरै लामो समय देखि मानिसहरुलाई सिकाईरहेको छु। यो अहिलेको अवस्थामा मात्र होईन । मानिसहरुलाई केन्दृकृत हुन अनि शरीर नियन्त्रण गर्न । अहिले हामिले अनलाईन मेडिटेसनको सेसनहरु पनि संचालन गरिरहेको छौं ।

अनि कस्तो जिवनशैली अपनाउने , के खाने , कस्तो हुने … कसरी सबसे राम्रो तरिकामा रहने, अनि सहि निर्णय लिने । कसैले पनि हरेक दिन जिवनमा गलत कार्य गर्छ भने सहि निर्णय गर्न सक्दैन। त्यसैले मूलभुत कुरा भनेको यो लहरको सृजना गर्नु हो जहाँ तपाईं बढी व्यवहारिक र धरातलिय यथार्थमा हुनुहुन्छ। मैले मानिसहरुलाई जमिनमा छुन पनि सिकाउछु। खाली खुट्टा खाली जमिनमा टेक्न सिकाउछु धेरै समय अगाडि देखि। यो धेरै आवश्यक लाग्यो किनकी मानिसहरु धर्ती र धरातलदेखि धेरै टाढा भएका छन् ।

धर्ती र धरातलदेखि धेरै टाढा भएका मानिसहरु आफ्नो जीवन र आफुलाई सहि तरिकाले सम्हाल्न सक्दैनन् ।जब देखि भर्चुअल र प्रविधिको संसार सुरु भयो , धेरै मानिसहरु त्यसमा हराएको छन् उनिहरु सोच्छन् कि त्यही संसार वास्तविक हो । तर अब मानिसहरुले बुझ्नेछन् कि यो बाहेक को अर्को संसार पनि वास्तविक हो । त्यसैले व्यवहारिक वास्तविकताहरु हावी हुनेछन् । मानिसहरु जे पनि गर्थे पहिला तर अहिले विभिन्न नियन्त्रणहरु छन् जसले गर्दा जे पायो त्यही गर्न पनि मानिसहरु रोकिएको छन् अहिले।

त्यसैले ध्यान जो केन्दृकरण नै हो। मेडिटेसनको अर्थ हुन्छ केन्दृकरण। त्यो सबै अभ्यासहरु जरुरी हुन्छ जस्तोकी , शरीरमा राम्रो नियन्त्रण हुनु । मानिसहरु जो शारिरिक रुपमा दु:ख पाईरहेका छन् , मतलब मानिसहरु जसलाई रोगहरु छ, यो वर्ष उनिहरुले धेरै दु:ख पाईसके किनकी उनिहरु कुनै चिकित्सककोमा जान सकेनन् किनकी त्यो संभव थिएन। सबै उपचारहरु आफ्नै अनुशासनले गर्नुपर्यो न कि अरु कसैमा भर परेर।

त्यसैले जति जति अवस्था यस्तो बन्दै जान्छ , मानिसहरुले बुझ्दै जानेछन् कि उनिहरुको आफ्नो शरीर र स्वास्थ्य , उनिहरुको सम्पुर्ण अस्तित्व र उत्क्रान्ति उनिहरुकै जिम्मेवारी हो न कि कुनै सरकारको जसले उनिहरुको हेरचाह गर्नेछ। सरकार यहाँ उनिहरुको हेरचाह गर्नको लागि छैन , जुन कुरा उनिहरुले थाह पाएका छन् ।

वास्तविक आन्दोलन

यो भुमितत्व को राशि हो न कि अग्नि तत्वको। अग्नितत्वको राशि के हो त ? तपाईं सिर्फ बाहिर गएर आन्दोलन गर्नसक्नुहुन्छ अनि केही बोल्न सक्नुहुन्छ वा केही कुरा जलाउनसक्नुहुन्छ.. त्यो केवल अग्नि तत्व हो.. त्यो केही पनि होईन। अग्नितत्व र पृथ्वीको फरकको बारेमा बुझ्नुपर्छ। । मैले के भनिरहेको छु भने “संरचना परिवर्तन “को लागि मंच तयार भईसकेको छ। तपाईंलाई थाह छ सबै तिर आन्दोलन छ विश्वभरी त्यसैले अब ती आन्दोलनहरु अझै सुदृढ बन्नुपर्छ नारा लगाउनेमात्र भन्दा पनि तपाईंले केही व्यवहारिक चिज गर्नुपर्छ अनि व्यवहारिक रुपमा संरचनालाई विस्थापित ( पूनर्स्थापित ) गर्नुपर्छ।

मानिसहरु जो प्राकृतिक रुपमै बढी धरातलिय यथार्थमा छन् , जमिनमा छन् अनि व्यवहारिक छन् उनिहरुको आउदो २० वर्ष राम्रो समय हुनेछ। अनि जो आफ्नै मन र मस्तिष्कमा मात्रै रुमलिरहेका छन् ,उनिहरुले कोलाहलको सामना गर्नुपर्ने हुन्छ। मैले तपाईंलाई भनिरहेको छु बीस वर्षभित्र सबै कुरा परिवर्तन हुनेछ। अब , कतिको छिटो गतिमा वा ढिलो गतिमा परिवर्तन हुन्छ त्यो मानिसहरु कस्तो हुन्छन् अनि जनताले कस्तो प्रतिकृया दिन्छन् त्यसमा भरपर्छ। आउदो बीस वर्षमा परिवर्तन जसरी पनि हुने नै छ।

श्रवण नक्षत्रमा धेरै ग्रहको मिलन

फेब्रुअरी २०२१ मा मकर राशिको श्रवण नक्षत्रमा धेरै वटा ग्रहहरुको मिलन हुनेछ। श्रवणको अर्थ हो सुन्नु । त्यसैले तपाईले सहि कुरा सुन्नुपर्ने हुन्छ अनि सहि कुरा अन्तर्गत कार्य गर्नुपर्ने हुन्छ। तपाईले फर्जी मिडिया अनि फर्जी प्रोपोगाण्डालाई सुन्न जारी राख्न सक्नुहुन्न । यो सधै मानिसहरुको हातमा हुन्छ कि उनिहरुले वैकल्पिक धारको कुराहरु सुन्छन् कि मुख्यधारको ।

यी सबै ग्रहहरु मकरमा आउनुको अर्थ हुन्छ कि सबैकुरा गम्भिरता तर्फ आउनेछन् । अब पृथ्वी तत्वको युगको अर्थ हुन्छ कि परिवर्तन अवश्यम्भावी छ । त्यही पुरानो प्रजातन्त्र , यहि सरकार, यहि मतदान अनि सबै कुरा … यो सबै कुरा जो यहाँ सृजना गरिएको छ त्यो अब यहाँ अझै हुनुहुदैन । मानिसहरुले थाह पाईसके कि तिनिहरु आफ्नो मानिसहरुलाई ( सरकारका मानिसहरुलाई ) विश्वास गर्न सक्दैनन् । 2020 सालले त्यो प्रमाणित गरिसकेको छ।

सरल रुपमा भन्नुपर्दा परिवर्तनको समय अब हो । ठुला घटनाहरु भईरहेका छन् । पछिल्लो वर्ष २०१९ को धेरै ग्रहहरुको युती पनि ठूलो थियो। आउदो वर्ष २०२१ मा हुने युति अझै ठूलो छ। अबको २० वर्ष भित्र सबै संरचना परिवर्तन हुनेछ। २० वर्ष पछि अहिले जुन सरकारी संरचना संग मानिसहरु परिचित छन् त्यो कुनै पनि चिज मानिसहरुले देख्ने छैनन् । अहिले सरकारहरुले जति सक्रिय खेल खेले पनि त्यसको अन्तिम अवस्था हो । अहिलेको २० वर्ष पछि २०४०मा अहिलेको केही पनि चिज मानिसहरुले
देख्ने छैनन् ।

विश्वासको युगको अन्त्य

ईन्टरनेट ज्ञानको बारेमा थियो जुन कुम्भ राशीको युग मार्फत आएको हो। अहिले पनि प्रमुख मानचित्रमा त्यही नै छ। यो “मलाई थाह छ अनि म सहि कार्य गर्छु” भन्ने बारेमा हो । विश्वासको युग अन्त्य भईरहेको छ । तपाईले थाह पाउनुपर्छ यो अब विश्वासको कुरा विषय होईन। त्यसैले अब तपाईले वास्तवमै थाह पाउनुपर्छ

यस्तो होईन कि म भ्याक्सिनमा विश्वास गर्छु वा म भ्याकसिनमा विश्वास गर्दिन। त्यो किसिमको संवाद होईन। कुरा यो हो कि यो विषयमा वास्तवमा तपाईलाई थाह चाहि के छ। तपाईलाई भाईरसको बारेमा के थाह छ। के वास्तवमै भाईरसहरुको अस्तित्व छ ? भाईरस भनेको के हो ? मानिसको शरिरको कार्यप्रणाली के हो ? रोग प्रतिरोधी क्षमता के हो ? यो सबै प्रश्नहरु सबैले मुलभुत वास्तविक तह तिर प्रश्नहरु उठाईरहेको छन् । जस्तो, कि तपाईं अरुले बनाएका कथाहरुमा बाच्न सक्नुहुन्छ वा वास्तविक संसारमा आउनसक्नुहुन्छ।
अनि हाम्रो शिक्षा व्यवस्था सबै गलत निर्माण हो त्यसैले मानिसहरुले निर्णय गर्नुपर्ने हुन्छ कि उनिहरुलाई वास्तविक ज्ञान चाहिन्छ कि फर्जी कुरा मै सन्तुष्ट छन् । अनि जब फर्जी कुरा तिर जान्छन् त्यसले सहयोग गर्ने छैन भविष्यको समयमा।

तपाईले यो निश्चित गर्नुपर्ने हुन्छ कि तपाई आफ्नो मानव शरीरलाई सही तरीकाले प्रयोग गर्नुहुन्छ। यस पृथ्वीमा तपाईको आयु जति बाँकि रहेपनि वा तपाईको उमेर जति भएपनि फरक पर्दैन, तपाईले आफ्नो देहलाई सहि ढङ्गले प्रयोग गर्नु सुरु गर्नुपर्छ र यदि यस्तो गर्न सक्नुभएन भने तपाईले अधिक समस्याहरू भोग्नुपर्ने हुन्छ।

पृथ्वीमा जन्मिएको हरेक जिवले उनीहरूको शरीरलाई नियन्त्रणमा लिनु पर्ने हुन्छ र यो एक प्राकृतिक कुरा नै हो जुन नभइहुन्न। तर हामीमा यो भएको छैन किनभने हाम्रो शिक्षा प्रणाली त्यस्तो छैन। यस्तो नहुनु दुखद कुरा हो।

ज्ञान, चेतना र कर्मको युग

तर हामीहरूको लागि जाग्ने र गर्न सुरु गर्ने सहि समय हो यो किनभने हामी यदि जागिएन भने, हामीहरूको लागी अरू कसैले यो गर्दैन।एक पटक तपाईले यो गर्नुभएमा तपाईको अनुभूति अधिक स्पष्ट हुन्छ, तपाईंको विवेक बढ्छ, तपाईंको सामान्य समझ बढ्छ। त्यसैले तपाईं सबै कुरा स्पष्ट तरीकाले देख्न र ग्रहण गर्न सक्नुहुन्छ।तब तपाईं सही निर्णय लिनुहुन्छ र त्यहि अनुसार पृथ्वीको भविष्य उज्ज्वल हुन्छ, यदि यहाँ रहेका प्रयाप्त व्यक्तिहरूले यदि सहि दिशा समात्न सकेभने।

पूर्ण चिकित्सा, पूर्णतायुक्त जीवन र सबैकूरामा पूर्णतायुक्त जुन वैदिक विधिअनुसार छ र जुन मैले पनि सिकाइरहेको छु। यदि सबैले त्यो मार्ग स्वीकार गरेभने पृथ्वीको भविष्य उज्ज्वल हुनेछ र यदि यस्तो गर्न सकिएन भने मानवले अझै अराजकता र पागलपनको सामना गर्नेछ जुन अहिलेपनि तपाईं देखिरहनुभएको छ।

२०२० फिल्मको ट्रेलर हो। मान्छेले फिल्मको ट्रेलर देखेका हुन्छन् तब उनीहरूलाई थाहा हुन्छ चलचित्र कस्तो हुनेछ। अहिले धेरैजना अनियन्त्रित विचारधारा र एउटा प्रणालीमा समातिएका छन्। त्यसैले मान्छेहरू त्यो सबै भन्दा माथि उठ्नुपर्छ र त्यसबाट माथि उठ्नकोलागी तपाईले आफ्नो देहलाई केहि गराउनुपर्छ, जसलाई ध्यान भनिन्छ। तपाईंले आफ्नो खाना, जीवनशैली र सबैकुरा परिवर्तन गर्नुपर्छ र त्यसपछि मात्र परिवर्तन हुन्छ अनि सबै व्यक्तिहरूले त्यो छनोटलाई समग्रमा लिनुपर्छ। र ती सबै प्रणालीहरू तपाईं अनुसार नै परिवर्तन हुँदै जान्छन् अनी तपाईं आफैंमा एउटा नयाँ प्रणाली बनाउनु हुन्छ जुन अबको २० वर्षमा संभव छ।

तपाईले कहिँबाट यो सुरु गर्नैपर्छ र यो सुरु त्यतिबेला हुन्छ जब अनुभव गर्नुहुन्छ कि मासु र रगतले बनेको यो शरीर नै पृथ्वी तत्व हो । अनि मानिसहरुले खाने कुरालाई बेवास्ता गरिरहेका छन् ।तर अब भविष्यमा बुझ्नु पर्नेहुन्छ खानेकुरा के हो । कसरी आउँछ। कस्तो बिउविजनको प्रयोग भईरहेको छन् । कस्तो मल अनि कस्तो उब्जनि । त्यसमा मानिसहरुको संलग्नता आवश्यक हुनेछ। यदि त्यसमा पुरै असंलग्न भाईयो भने मानसिक तहमा मात्र भईन्छ अनि एपमा टाईप गर्ने वा गेम खेल्ने मात्रै जुन राम्रो होईन।

त्यसैले मैले भनिरहेको छु कि त्यो युगको अन्त्य हुनेछ । मानिसहरुले कथित स्वतन्त्रता धेरै पाए अनि जे पनि गरे। तर अब वास्तविकता सामना गर्ने समय हो। कुम्भ र मकर दुबै शनि ग्रहसंग सम्बन्धित छन् । त्यसैले यो शनिय चिज जो कसैले पनि मन पराउदैनन यदि अनुशासन भन्ने शब्द मात्र तपाईले भन्नुभयो भने तपाईं तिर मजाकको पाराले हेर्छन् । तर आउदो बीस वर्षमा अनुशासन सबैभन्दा महत्वपूर्ण हुनेछ। अहिले ज्ञान छ अनि ज्ञान पाएपछी सहि कार्य गर्छन् कि गर्दैनन् त्यो हेर्न बाकी छ किनकी ज्ञान अहिले बाहिर आएको छ प्रष्ट रुपमा।

{ प्रशान्त त्रिवेदी जी अहिले बेलायतको लन्डनमा बसेर ज्योतिषशास्त्रमात्रै नभई अन्य वैदिक विज्ञानहरुको चेतना समष्टतामा फैलाईरहनु भएको छ। उहाँ अहिले संसार भरी रुचाईएको र विभिन्न भाषामा अनुवादित अध्यात्मिक पुस्तक “पिज गिता ” तथा ज्योतिषका महत्वपुर्ण र चर्चित पुस्तकहरु ” नक्षत्र बिचार” र “राहु-केतु एक्पेरिएन्स”को लेखक हुनुहुन्छ। उहाँ एक संगीतकार र योगी पनि हुनुहुन्छ। उहाँको लोटसओसन मुभमेन्टको बारेमा अझै थाह पाउन lotusocean.net वेवसाईट मा जान सकिन्छ भने ज्योतिषीय वेवसाईट osfa.org.uk हो। }