पौष ०६। काठमाडौं ।
नेपालमा कोरोनाका सक्रिय संक्रमित दर ४ प्रतिशत भन्दा पनि कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर आज सक्रिय संक्रमितहरुको दर ३.१३ प्रतिशत रहेको छ। नेपालमा जम्मा सक्रिय संक्रमित संख्या ७ हजार ९ सय ७६ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
देशभर आज १ हजार ७९ जना निको भएका छन् । यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ । गत २४ घन्टामा नेपालभरि ७ सय ४२ जना कोरोनाका नयाँ संक्रमितहरु थपिदा कुल संक्रमित संख्या भने २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।
गत २४ घन्टामा ७ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ९५ पुगेको छ ।
यो संगै हाल सम्म १८ लाख ७७ हजार १ सय ८१ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
प्रतिक्रिया