काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कमरेडहरुको असहयोगका कारण जनता समक्ष जानुपरेको बताउनु भएको छ । प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणा पछि पहिलो पटक देशबासीका नाममा सम्बोधन गर्दै ओलीले भन्नु भयो, साथीहरुको आँखा निरन्तर पदमा मात्र कन्द्रित भएू ।
यसका साथै उहाँले आफैले राजनीतिबाट अवकाश लिने घोषणा गर्दै विशेष महाधिवेश गरेर अध्यक्षपद हस्तान्तर गर्ने भने पनि अरु नेताहरुले चार महिना पनि कुर्न नसकेको बताउनु भयो । केपी ओलीको होइन हाम्रो लोकप्रियताका कारण दुई तिहाइ आएको भन्ने र प्रधानमन्त्रीहुन व्यग्र रहनुभएका कमरेडहरुलाई पनि चुनावले मौका दिनेछ ।
प्रतिक्रिया