काठमाडौं – नेपालमा फुटबल खेल्न आएका विदेशी खेलाडीलाई आफनाे घर जान गोकर्णश्वर नगरपालिकाले आर्थिक सहयोग गरेकाे छ ।
नेपालकाे तर्फबाट फुटबल खेल्न आएका २८ खेलाडी काेराेनाका कारण नेपालमा फसेकाे महिनाै महिना दिन हुदा पनि कसैले सहयोग नगर्दा उनीहरू आपतमा परेका थिए ।
नेपाली लिग खेल्न नेपाल आएका ८ जना मध्ये ७ जनाकाे भिसा सकेकाे अवस्था थियाे । उनीहरू सहयोगका लागि एन्फालगायत धेरै ठाउँमा गए तर तर उनीहरूलाई कसैले सहयाेग गरेनन् ।
त्यस अवस्थामा गाेसिप नेपालले घामछाँया डट कममा हालै प्रकाशित समाचारका आधारमा फाेलोरेन काेरा र डायाडि ओन्बा क्यामुरूम लगायत ४ जनालाई स्वदेश फर्कन
गत नोभेम्बरमा सहयाेग गरेका हुन् ।
यसै बिच क्यामुरुनका खेलाडी ईकुन एन्डुलाइ गोकर्णस्वर नगरपालिकाले ६० हजार सहयोग गरेको छ। उक्त रकम नगर प्रमुुख सन्ताेष चालिसे आज ति खेलाडीलाई हस्तान्तरण गर्न्नुभएको उक्त सहयोग रकम दिदै मेयर चालिसेले भन्नुभयो , खेलाडी जुनै देशकाे भएपनि उहाँहरू गहना हाे र उहाँहरूलाई सहयाेग गर्ने पाउँदा म हषिर्त छु ।
उहाँले अगाडि बाेल्दै गाेसिब नेपाल र घामछाँया अनलाइन मिडियालाई पनि धन्यवाद दिनुुुभयो ।
तर पनि यती रकमले मात्र नपुग्ने भएकाले थप रकमका लागि अरू संघसंस्थामा पनि कुरा भईरहेकाे छ ।
प्रतिक्रिया