सात सय संक्रमित थपिदा ११ सय निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुष ४। काठमाडौं ।
नेपालमा कोरोनाका नयाँ संक्रमित ७ सय १० थपिदा १ हजार १ सय ७५ सय बढी निको भएका छन् । गत २४ घन्टामा कोरोनाको ७ सय १० जना नयाँ संक्रमित थपिएका हुन् भने १ हजार १ सय ७५ जना निको भएका छन् । निको हुने दर प्रतिशत देखिएको छ ।
यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ । कुल संक्रमित संख्या भने २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा सक्रिय संक्रमितहरुको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले कुल सकिय संक्रमित संख्या ८ हजार ८ सय ४० रहेको छ । ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या ८ हजारमा झरेको हो ।
गत २४ घन्टामा १२ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ७७ पुगेको छ ।
यो संगै हाल सम्म १८ लाख ६६ हजार २ सय १० जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।