काठमाडौ : सरकारले सिनेमा हल लगायत रात्रिकालिन व्यसाय खोल्ने निर्णय गरेको छैनन् । तर चलचित्र संघले भने पुस १० गतेबाट सिनेमा हल खोल्ने पूर्व निर्णयबाट आफूहरु पछि नहट्ने चलचित्र संघले जनाएको छ ।
सबै जसो पेसा तथा व्यवसाय खुलिसक्दा पनि सिनेमा हल खोल्ने अनुमति नदिएको भन्दै नेपाल चलचित्र संघले पुस १० गतेबाट सिनेमा हल खोल्ने घोषणा गरिसकेको छ ।
च्लचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्नुहुन्छ “हामी अब कुनै पनि हालतमा हामीले लिएको निर्णयबाट पछि हट्दैनौं । हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हल खोल्न सर्कुलर गरिसक्यौं,” “हामीले घर बसेका स्टाफ बोलाइसक्यौं । बुधबारबाट सफाइ पनि सुरु गरिसक्यौं । सर्भर र सफ्टवेयर सञ्चालनका लागि तयारी भइसक्यो । अब पछि हट्ने कुरै छैन ।”
उहाँ थप्नुहुन्छ, सिनेमा प्रदर्शनका लागि वितरकहरुसँग पनि कुरा भइसकेको छ ।
“पार्टी प्यालेस, जिम खाना, ब्युटी पार्लर, सैलुनहरु खुलिसके तर सरकारले निर्णय गरेको छैन । तैं चुप मैं चुप गरेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्,” अध्यक्ष प्रधान भन्छन्, “हामीले हाम्रो गन्तव्य तय गरिसक्यौं । जसरी हुन्छ १० गते हल खोल्ने हो । गिरफ्तारी दिनु परे पनि दिने हो । पक्रिएर लैजान्छ भने ठीक छ, जेल बस्ने हो ।”
पर्याप्त सुरक्षा सावधानी अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्छुभन्दा पनि नदिनु चलचित्रकर्मीमाथिको अन्यायको पराकाष्ठा भएको उनको बुझाइ छ ।
“भारतमा सिनेमा हल खुलेपछि कोरोना संक्रणको जोखिम कति छ भनेर गरेको अध्ययनले अन्य क्षेत्रभन्दा सुरक्षित रहेको निष्कर्ष आएको मैले पढेको छु । भलै त्यो आधिकारिक डकुमेन्ट मसँग छैन,” उनी भन्छन्, “तर यहाँ आजसम्म नखोलिएको क्षेत्र यही मात्रै हो । सुपर मार्केटमा पाइला टेक्ने ठाउँ छैन । बजारमा भिड छ । हामी त डाक्टर राख्छौं । डिसइन्फेक्ट गर्छौं । मास्क र स्यानिटाइजरको व्यवस्था गर्छौं । एकपटकमा १० जना मात्रै प्रवेश गराएर उनीहरुलाई सिटमा बसाएर मात्रै अरुलाई प्रवेश गराउँछौं । त्यस्तै प¥यो भने एक सो मात्रै चलाउँछौं ।”
सुरुमा चैतको पहिलो साता सिनेमा हल बन्द हुँदा हलमा चलिरहेका सिनेमा प्रदर्शन गर्ने विषयमा छलफल चलिरहेको अध्यक्ष प्रधानको भनाइ छ । उक्त समय नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनरत थिए । यसका अलावा चलचित्र विकास बोर्डले डिजिटलाइज गरेका पुराना क्लासिक सिनेमाहरु देखाउनेबारे सल्लाह भइरहेको पनि उनले जानकारी दिए ।
देशभरका करिब २०० सिनेमा हल बन्द हुँदा हालसम्म दुई अर्बभन्दा धेरै रकम हलहरुले मात्रै घाटा बेहोर्नुपरिरहेको उनको दाबी छ । सिनेमा घरको भरमा रहेका स्टाफको तलब, घरभाडा बिजुलीको बत्ती, पानी लगायत टयाक्सले गर्दा पनि सिनेमाहल खोल्न बाध्य छौ, अध्यक्ष प्रधान भन्छन् ।
देशभर रहेका सिनेमा घरमध्ये करिब आधा मल्टिप्लेक्स छन् । अध्यक्ष प्रधानका अनुसार करिब ९५ वटा मल्टिप्लेक्स छन् । सिंगल स्क्रिनको मल्टिप्लेक्स निर्माणका लागि सामान्यतः ६ करोड लगानी हुन्छ । संघका अनुसार मल्टिप्लेक्स र सिंगल थिएटरमा गरेर १२ अर्बभन्दा धेरै लगानी छ । कोरोनाका कारण १२ अर्ब रुपैयाँबराबरका संरचना अलपत्र अवस्थामा छन् ।
यस्तोमा हल बन्द हुँदा अफ्ठ्यारोमा परेका लगानीकर्तालाई सरकारले सहयोग गर्नुपर्ने माग यसअघि नै व्यवसायीहरुले गरिसकेका छन् । नेपाल चलचित्र संघले चलचित्र विकस बोर्ड र सञ्चार मन्त्रालयसमक्ष हलमा लाग्दै आएको कर तथा, बिजुलीमा लाग्दै आएको कर छुट दिनुपर्ने माग गरेको छ । यस्तै बैंकमा रहेको लोनको ब्याजदरमा समेत सरकारले विशेष छुट दिने व्यवस्था गरिदिनुपर्ने माग छ ।
तर यता स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार तत्काल सिनेमा हल खोल्ने मन्साय नरेहेको स्पस्ट पार्नुभयो । उहाँ भन्नुहुन्छ , संक्रमण दर मात्र घटेको जोखिम घटेको छैन । यस्तोमा सिनेमा हल खुलेमा संक्रमण दर बढ्न सक्ने हुन सक्छ र भयाबहको स्थिति आउन सक्छ र समस्या नियन्त्रण भन्दा बाहिर जान पनि सक्छ । जहाँसम्म चलचित्र संघको माग सम्बन्धमा उहाँहरु एकदम पिडामा छन् । त्यसो भन्दैमा हल खोल्दिंदा कोरोना संक्रमण झन् बढ्ने पो होकि भन्ने डर छ ।
हामीले त सिफारिस मात्र गर्न हो कि तत्काल हल खोल्दा कोरोनाको जोखिम बढ्न सक्छ है भनेर सम्झाउने हो नाकि कारबाही गर्न । त्यो अधिकार हामीसंग छैन । यतिमात्र होकि हल खोल्न पर्याप्त परामर्श तथा रायसल्लाह लिई खोल्नु होला ।
तरपनि चलचित्र संघले गरेको निर्णयले कतै कोरोनाको संक्रमण अझ बढ्ने त होइन । यो हेर्न बाँकी छ
प्रतिक्रिया