निको हुने दोब्बर बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ३० : नेपालमा कोरोनाका नयाँ संक्रमित ९ सय थपिदा ९ हजार ८ सय ८१ सय बढी निको भएका छन्। गत २४ घन्टामा कोरोनाको ९ सय ३६ जना नयाँ संक्रमित थपिएका हुन् भने १९ सय ९६ जना निको भएका छन्। निको हुने दर ९५.३ प्रतिशत देखिएको छ।
यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ३७ हजार ५ सय ६९ पुगेको छ। कुल संक्रमित संख्या भने २ लाख ५० हजार ९ सय ८० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा अहिले कुल सकिय संक्रमित संख्या ७ हजार १ सय १७ रहेको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै ७ हजारमा झरेको हो ।
गत २४ घन्टामा १४ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ३० पुगेको छ।
यो संगै हाल सम्म १८ लाख ४३ हजार ५ सय ८१ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।