स्वास्थ्यकर्मीहरुले संगठनले ९ दिन भित्र आफ्ना माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
स्वास्थ तथा पेशागत संघ/संगठनहरूको सयुक्त संमितिले गत मंसिरमा भएको स्वास्थ मन्त्रालयमा भएको सम्झौता
लागू गर्नुपर्ने माग उनीहरुको छ । “हामीले दिएका २१ दिने अल्टिमेटम हिजो सकिएको छ माग पूरा नभएको कारण हामीले आन्दोलन गर्न यो प्रेस सम्मेलन गरेका हौ”, संघष समिति सहसम्योजक रामजी धिमिरेले भन्नुभयो । अखिल स्वास्थ संगठन, मधेशी स्वास्थ संगठन , नेपाल चिकित्सक संका प्रतिनिधिहरूले रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा यो घोषणा गरेका थिए ।
समितिका अध्यक्ष लोचनका अनुसार हामी २३ स्वास्थ संगठन अहिले एकजुट भएका छौं ६२/०६३ को स्वास्थ आन्दोलनमा मात्र भएको थियो ।
हामीले स्वास्थ मन्त्रालयसंग कोरोना लगायत अन्य अरू विभिन्न कुरा गरि १८ वटा माग राखी त्यसलाई समाधान गर्न माग राखेको थियो ।कोरोनाको कहरबिच हामी अहोरात खटिएका थियौं र यस बाहेक अरू कुरामा पनि हामीले दिनरात नभनी खटिएका थियौ । सरकारले स्वास्थ्यमा खटिएका स्वास्थ्यकर्मीहरूलाई भत्ता बनी व्यवस्था गरिऐ तर त्यो पनि दिन सकेन । जसका कारण हामी आन्दोलन गर्न बाध्य भयौ ।
यस्तोमा स्वास्थ्य सम्बन्धि कति समस्याहरू छन् । यदि यस्तो मागहरू बारेमा स्वास्थ्य मन्त्रालयले अझ पनि नबोलाए हामी आन्दोलन गर्न बाध्य हुने छौ र आजबाट थप नौ दिन अल्टिमेटम दिएका छौ यस अवधिमा पनि स्वास्थ्य मन्त्रालयले ध्यान नदिएन भने अब आन्दोलन गछौं ।
प्रतिक्रिया