मृत्यु हुने १६ सय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर २९।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ नाघेको छ। देशभरबाट आज १८ जना संक्रमितहरुको ज्यान गए संगै कोभिड १९ बाट मृत्युहुनेहरुको कुल संख्या १६ सय १६ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

नेपालमा सक्रिय संक्रमित जम्मा ४.४० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १० हजार ९ सय ५५ मा झरे संगै देशभर सक्रिय संक्रमितको प्रतिशतमा कमि भएको हो।
नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै १० हजारमा झरेको हो ।

गत २४ घन्टामा ५ हजार ४ सय २३ जनाको पिसिआर गर्दा ८ सय २१ जना नयाँ संक्रमित थपिएका हुन्। आज थपिएकाहरु मध्ये ५०४ जना पुरुष र ३१७ जना महिला रहेका हुन्।आजै ८ सय ४२ जना निको भएका छन्। निको हुने दर ९४.९ प्रतिशत देखिएको छ।
यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ। कुल संक्रमित संख्या भने २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।

यो संगै हाल सम्म १८ लाख ३६ हजार ४ सय ६४ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।