विश्वभर कोरोना :
संक्रमित:७ करोड २६ लाख २१ हजार ६ सय २९
निको भएका :५ करोड ०८ लाख ४६ हजार ४ सय १७
मृत्यु : १६ लाख १८ हजार ४ सय ६२
स्रोत: वर्डोमिटर्स
नेपाल:
नेपालमा सक्रिय संक्रमित जम्मा ४.४३ प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो ११ हजार ६ सय ७३ रहेको सक्रिय संक्रमित संख्या आज १० हजार ९ सय ९४ मा झरे संगै देशभर सक्रिय संक्रमितको प्रतिशतमा कमि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै १० हजारमा झरेको हो ।
गत २४ घन्टामा ५ हजार १ सय ८१ जनाको पिसिआर गर्दा ८ सय ३० जना नयाँ संक्रमित थपिएका हुन् भने १ हजार ५ सय जना निको भएका छन्। निको हुने दर ९४.९ प्रतिशत देखिएको छ।
यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ। कुल संक्रमित संख्या भने २ लाख ४८ हजार ४ सय २३ पुगेको छ।
गत २४ घन्टामा ९ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ९८ पुगेको छ।
यो संगै हाल सम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
प्रतिक्रिया