मङ्सिर २७।
नेपालमा कोरोनाका नयाँ संक्रमित ९ सय थपिदा साढे १३ सय बढी संक्रमित निको भएका छन्।गत २४ घन्टामा कोरोनाको ८ सय ९९ जना नयाँ संक्रमित थपिएका हुन् भने १३ सय ५९ जना निको भएका छन्। निको हुने दर ९४.४ प्रतिशत देखिएको छ।
यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ। कुल संक्रमित संख्या भने २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा अहिले कुल सकिय संक्रमित संख्या ११ हजार ६ सय ७३ रहेको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै ११ हजारमा झरेको हो ।
गत २४ घन्टामा १५ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ८९ पुगेको छ।
यो संगै हाल सम्म १८ लाख २५ हजार ८ सय ६० जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
प्रतिक्रिया