आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तापक्रम –
अधिकतम: २४.३ डिग्री (भैरहवा)
न्युनतम :- —२.९ डिग्री (जुम्ला )

मंसिर २७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ । 

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

मौसम विश्लेषण :

हाल  देशमा पश्चिमी वायुको प्रभाव संगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

हालको मौसमको अवस्था :

हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/२७ देखि २०७७/०८/२९) जारी समय बिहान : ६:०० बजे

हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

पहाडी भेगका केहि स्थानहरुमा हल्का वर्षा संगै हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आई चिसो बढ्नुको साथै  तराईका अधिकांश  भु-भागहरुमा  बिहानीपख  वायुको  पारदर्शितामा  कमी  हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु  हुन सबैमा अनुरोध छ।