काठमाडौं :
पर्यटन बोर्ड र राष्ट्र संघीय विकास नियोग (युएनडिपी) पर्यटन उद्योग लाई हालको कठिनाइबाट उठाउन दीगो पर्यटन सम्बन्धि सम्झौता भएको छ।
करिब साढे दुई वर्षको यो परियोजनाले कोरोना प्रभावित पर्यटन समुदायहरूको लागि छोटो अवधिको रोजगारी सिर्जना गर्नेछ । यसैगरी साना पर्यटन पूर्वाधारको निर्माण र सुधार गर्ने, पर्यटन उपग्रह खाताहरू तयार गर्ने, रिकभरीका लागि विस्तृत राष्ट्रिय रणनीति, टुरिस्ट डाटाबेस प्रणाली र नीति गत सुधार गर्ने लक्ष्य पनि परियोजनाले राखेको छ। यस सम्झउताले अन्तर्राष्ट्रिय सम्मेलन सहितको नितिगत कार्य समेत गर्नेछ । पर्यटन एनटीबी र यूएनडीपी नेपालले हाल यस्तै सुरुको माइक्रो प्रोग्राम चलाइरहेको छ जुन देशभरि विभिन्न पर्यटन क्षेत्रमा कार्यान्वयन भइरहेको छ म यो कोरोना प्रभावित २ सय ५० पर्यटन फ्रन्टलाइन सरोकारवालाहरूलाई लक्ष गरिएको छ।
२००२ – २००३ सम्म ग्राव्मीण गरीबी उन्मूलन परियोजना को सफल कार्यान्वयन पछि पर्यट्न बोर्ड र युएनडिपि नेपाल बीचको यो अर्को ठूलो सम्झौता हो।
प्रतिक्रिया