मङ्सिर २६।
नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल विश्वमा कुल संक्रमितको २८.४ प्रतिशत सक्रिय संक्रमित संख्या रहेको बेला नेपालमा कोरोना संक्रमणको सक्रिय संख्या १०० जनामा झन्डै ५ जना मात्रै देखिएको छ। हाल देशभर सक्रिय संक्रमित ४ .९२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल अहिले १२ हजार १ सय ४८ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो । ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै १२ हजारमा झरेको हो ।
नेपालमा कोरोना निको हुने दर ९४.४ प्रतिशत देखिएको छ। गत २४ घन्टामा १ हजार २ सय ७१ जना निको भएसंगै निको हुने दरमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा निकोहुने दर हिजो भन्दा आज ०.२ प्रतिशतले वृद्धि भएको छ।
यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ।
नेपालमा गत २४ घन्टामा ४११ जना महिला र ६३३ जना पुरुषगरि १ हजार ४४ जना संक्रमित पनि थपिएका छन्।यो संगै नेपालमा कुल संक्रमित संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको हो। संक्रमित मध्ये ३४.५ प्रतिशत महिला र ६६.५ प्रतिशत पुरुष रहेका हुन्।
गत २४ घन्टामा ११ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ७४ पुगेको छ।
गत २४ घन्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर गरिएको छ।यो संगै हाल सम्म १८ लाख २० हजार ६ सय १८ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
प्रतिक्रिया