लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान पुरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर २६,बारा।
समाज विकास समिति कलैयाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ। “महिनावारीका कुरा- मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा” भन्ने मुल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस बाराको फेटा गाउँपालिकामा सम्पन्न गरिएको समाज विकास समितिका अध्यक्ष शैलेन्द्र त्रिपाठीले बताउनु भयो। फेटागाउँपालिकाको सहकार्य तथा राधा पौडेल फाउन्डेसन र समाज विकास समिति कलैया बाराको संयुक्त आयोजनामा बिभिन्न कार्यक्रमहरुगरी अभियान सम्पन्न गरिएको उहाँले बताउनु भयो।

”प्रयोजनामा लक्षित र सामाजिक परिचालकहरु द्वारा पहिचान गरिएका १०० जना अति गरिब तथा बिपन्न परिवारका गर्भवती र सुत्केरी महिलाहरु लाई पोषण हेतु पौस्टिक तत्व तथा खाद्यान्न सामाग्री बितरन गरिएको छ”, त्रिपाठीले भन्नु भयो। उक्त कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद एकबाल मियाँले फेटा गाउँपालिका वार्ड नम्बर १ भलुहीलाई ‘नमुना वडा ‘ घोषणा गर्न आवश्यक तयारी पुरा भईसकेको बताउनु भयो।

प्रदेश सांसद एवं पुर्व कृषि राज्यमन्त्री करिमा बेगमले यस अभियानको सफलता प्रति धन्यवाद दिदै समाज समितिको कार्यलाई सराहना गर्नु भयो।

जनचेतना हेतु उपस्थित भएका सहभागिहरुलाई जनचेतनामूलक मोबाइल ईन्फरमेसन डेस्क मार्फत मर्यादित महिनावारी बिषयक छलफल केन्द्रीत विधिबाट विभिन्न जानकारी गराउदै यस सम्बन्धित विभिन्न पोस्टर, पम्प्लेटस र ब्रसरहरु वितरण गरिएको उहाँले बताउनु भयो।