निको हुने दर ९४.२ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर २५ ,
नेपालमा कोरोना निको हुने दर ९४.२ प्रतिशत देखिएको छ। गत २४ घन्टामा १ हजार ६४ जना निको भएसंगै निको हुने दरमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा निकोहुने दर हिजो भन्दा आज ०.१ प्रतिशतले वृद्धि भएको छ।
यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

नेपालमा गत २४ घन्टामा १ हजार २ सय १७ जना संक्रमित पनि थपिएका छन्।यो संगै नेपालमा कुल संक्रमित संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको हो।

गत २४ घन्टामा १२ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ६३ पुगेको छ।

नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देश भर सक्रिय संक्रमितहरु १२ हजार ३ सय ८६ रहेको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै १२ हजारमा झरेको हो ।

गत २४ घन्टामा ७ हजार २ सय ७२ जनाको पिसिआर गरिएको छ।यो संगै हाल सम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।