काठमाडौं ः
पशुपतिनाथ परिसरमा कोरोना प्रकोपले निम्त्याएको झन्डै १० महिने लामो द्वार बन्दी छिटै अन्त्य हुँदैछ । भगवान, भक्त र पाशुपत धामको दृश्यावली लगभग उस्तै भएपनि मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले आफैले हातले चन्दन लगाउनु पर्छ । किनकी पशुपति क्षेत्र विकास कोषले कसैले कसैबाट लगाई पनि नमाग्ने र कसैले कसैलाई नलगाईदिने मापदण्ड बनाएको छ । कोरोना प्रकोपपछि सर्वत्र अनिवार्य गरिएको सेनिटाइजर भने पशुपतिनाथ मन्दिर परिसरमा बन्देज लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषका निर्देशक घनश्याम खतिवडाका अनुसार आगामी पुसको पहिलो साताबाट सर्वसाधारणको लागि खुल्ला गर्ने तयारीमा पशुपतिनाथ प्रवेशका निम्ति मापदण्डहरु अनिवार्य गरिएका छन् । मन्दिर खोल्नु अघि क्षमापूजा गरिने उहाँले जानकारी दिनुभयो।
मुख्य प्रवेश द्वार (एक नम्बर) बाट प्रवेश गराउदा धेरै भिड हुने भनेर भुवनेश्वरीको एउटा सानो ढोकाबाट मात्र भक्तजनहरुलाई प्रवेश गराइने व्यवस्था गरिएको छ । प्रवेश गर्ने बितिकै साबुन पानीले हात धुनु पर्ने, शरीरको तापक्रम जांच र सो अनुसारको व्यवस्था मन्दिरभित्र दुई मिटरको भौतिक दुरीसमेत कायम गर्न घेरा पनि लगाएको,उहाँले जानकारी दिनुभयो । साथै मन्दिरभित्र दर्शन मात्र गर्न पाइने धुपबत्ति बाल्न नपाइने, दर्शन गरीसकेपछि दुई नम्बर ढोकाबाट बाहिर जानुपर्ने नियम पनि बनाइएका छन् । यसै गरी मन्दीर प्रवेश र दर्शन बिहान ५ बजे देखि दिनसो २ बजे सम्ममात्र पाइने, मन्दिर भित्र एक सय पचास देखि दुई सय जना सम्म भक्तजनहरु मात्र लाइनमा उभिन सक्ने जस्ता मापदण्ड तयार भएका छन् ।
स्थानीय क्लबहरुसंग समन्वयगरी दर्शनार्थिहरुलाई सजिलै दर्शन गराउने योजना बनाइरहेको उहाँको भनाई छ । भित्र प्रवेश गइसकेका एक सेट भक्तजनहरु बाहिर ननिस्के सम्म अर्को सेट भक्तजनहरु प्रवेश गराइने छैन् ।,’’ उहाँले भन्नुभयो । हाल त्यसैका लागि खेमस् किलिनिङ्ग र एसबिआइ बैंकद्वारा विना रसायनिक पदार्थ दिनहु सरसफाइ कार्यहरु भइरहेको छ ।
“हामीले बिना मास्कको प्रवेश नगरि दिनु होला, भित्र प्रवेश गरे पछि मास्क नखोल्न , फोटो नखिच्न, दर्शन गर्दा पैसा नफाल्न र चन्दन लगाउदा आफनो हातले लगाउन लगायतको सुचनाहरु टाँस्नका लागि तयार गरेका छौं, यसमा भक्तजनहरु पनि आफै सचेत् हुनुपर्छ” , खतिवडाको भनाई छ ।
प्रतिक्रिया