जय यादव।
मङ्सिर २४। काठमाडौं ।
होङ्सी सिमेन्ट कम्पनिले जग्गा कब्जा गर्न खोजेको एक जना जग्गा धनीले आरोप लगाएका छन्। धादिङ्गको रोराङ्ग गाउपालिका-३ आफ़ल्टारकी प्रेम कुमारी पाण्डेले यस्तो आरोप लगाउनुभएको छ। धादिङ्गको रोराङ्ग गाउपालिका-३ आफ़ल्टार स्थित टंक प्रसाद पाण्डे( हाल वैदेशिक रोजगारीमा मलेसिया)को नाममा रहेको कित्ता नम्बर ४(क) १२८८१३८ को (६-१-२-१) जग्गामा होङ्सी सिमेन्ट कम्पनिले आफ़्मो नवनिर्मित कम्पनीका लागि १३२ के.भी.ए.को २ वटा बिधुत तार विस्तारका लागि अनुमतिबिना नै प्रयोग गर्न लागेको टंक प्रसाद पाण्डेकि श्रीमती प्रेम कुमारी पाण्डेले बताउनुभएको छ।
राजधानी स्थित पत्रकार सम्मेलन मार्फत उहाँले धादिङ्ग विधुत प्राधिकरण ,वडा कार्यालय र गाउपालिका कार्यालयले निवेदन समेत लिन नमानेको बताउनु भयो। ” विधुत प्रधिकरण ,वडा कार्यालय र गाउपालिका कार्यालयले निवेदन दर्ता नै हुन् नसक्ने”,उहाँको भनाइ छ।
त्याहाको सडक पनि नियम विपरित निर्माण भएको उहाँको दावी छ। ”सडक निर्माणका लागि आवश्यक सरकारी सुचना समेत प्रकाशित नगरिकनै सर्वे विपरित नै सुरक्षा बल लगाई सडक निर्माण गरिएको छ।” पाण्डेले भन्नु भयो।
आफु घरमा नभएको बेला नापी गर्न आएका होङ्सी सिमेन्ट कम्पनिका पदाधिकारीलाई सम्पर्क गर्न सबै सम्भव प्रयास गरिसकेको उहाले बताउनु भयो
यसै महिनाको गत ११ गते जिल्ला प्रशासन कार्यालय धादिङ्गमा ,२१ गते नेपाल विधुत प्राधिकरण र प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालय सिंहदरवारमा, प्रतिनिधि सभा , मङ्सिर २२ गते नेपाल विधुत प्राधिकरण ग्राहकसेवा निर्देशनालयमा र २३ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत २३ गते निवेदन दर्ता गराईसकेको उहाँले बताउनु भयो।
प्रतिक्रिया