मङ्सिर २४ ,
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २३ लाख नाघेको छ। । देशको विभिन्न अस्पताल,क्वारेण्टाईन तथा आइशोलेशन सेन्टरबाट आज १ हजार ४ सय ८३ जना संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २३ लाख ५ सय ३७ पुगेको छ। नेपालमा निकोहुने दर ९४.३ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा गत २४ घन्टामा १ हजार ५६ जना संक्रमित पनि थपिएका छन्।यो संगै नेपालमा कुल संक्रमित संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको हो।
गत २४ घन्टामा १४ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ५१ पुगेको छ।
नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देश भर सक्रिय संक्रमितहरु १२ हजार २ सय ४५ रहेको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै १२ हजारमा झरेको हो ।
गत २४ घन्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर गरिएको छ।यो संगै हाल सम्म १८ लाख ५ हजार ९ सय ७२ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हाल ५ सय २५ जना क्वारेनटाइनमा रहेका छन् ।
प्रतिक्रिया