१३ सय संक्रमित हुदा १६ सय जना निको भए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर २३ ,
नेपालमा गत २४ घन्टामा १३ सय ८२ जना संक्रमित भएका छन् भने १६ सय २१ जना कोरोना संक्रमितहरु निको भएका छन्। यो संगै नेपालमा निको हुने दर लगातार बढिरहेको छ। नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज निकोभए संगै नेपालमा कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख २९ हजार ५४ पुगेको छ। नेपालको कुल संक्रमित संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

गत २४ घन्टामा २३ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १६ सय ३७ पुगेको छ।

नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देश भर सक्रिय संक्रमितहरु १२ हजार ६ सय ८६ रहेको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै १२ हजारमा झरेको हो ।

गत २४ घन्टामा ८ हजार ९ सय ४७ जनाको पिसिआर गरिएको छ।यो संगै हाल सम्म १७ लाख ९९ हजार ६ सय ८६ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।

हाल ५ सय २३ जना क्वारेनटाइनमा रहेका हुन् ।