मृतक संख्या १६ सय बढि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर २२।
नेपालमा कोरोना सनक्रमितबाट मृत्युहुनेहरुको संख्या १६ सय बढि भएको छ। गत २४ घन्टामा २० जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देश भर सक्रिय संक्रमितहरु १२ हजार ९ सय ४८ रहेको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै १२ हजारमा झरेको हो ।
आज देशभरबाट १ हजार ६ सय २८ जना संक्रमितहरु निको भएसंगै नेपालमा निको हुनेहरुको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ।
नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ।

गत २४ घन्टामा ६ हजार २ सय २० जनाको पिसिआर गर्दा १ हजार १४ जनामा संक्रमण पनि देखिएको छ।यो संगै नेपालमा कुल संक्रमित संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ।
हाल सम्म १७ लाख ९० हजार ७ सय ३९ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।

हाल ५ सय २७ जना क्वारेनटाइनमा रहेका हुन् ।