कोरोना अपडेट;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित:६ करोड ७३ लाख ६९ हजार ३ सय ३
निको भएका :४ करोड ६५ लाख ६८ हजार २ सय ५९
मृत्यु : १५ लाख ४१ हजार ३ सय ३६
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा सक्रिय संक्रमितहरुको संख्या निरन्तर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देश भर सक्रिय संक्रमितहरु १३ हजार ५ सय ८२ रहेको छ। ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या झन्डै १३ हजारमा झरेको हो ।
नेपालमा कोरोना संक्रमण निको हुनेहरु सवा २ लाख पुगेका छन्। आज देशभरबाट १ हजार ७ सय ५२ जना संक्रमितहरु निको भएसंगै नेपालमा निको हुनेहरुको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

गत २४ घन्टामा १ हजार ९६ जनामा संक्रमण पनि देखिएको छ।यो संगै नेपालमा कुल संक्रमित संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएसंगै कुल मृतक संख्या १ हजार ५ सय ९४ पुगेको छ। हाल सम्म १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।

हाल ५ सय ३६ जना क्वारेनटाइनमा रहेका हुन् ।