आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तापक्रम –
अधिकतम: २८.५ डिग्री (भैरहवा)
न्युनतम :- –२.० डिग्री (जुम्ला )

मंसिर २२ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

मौसम विश्लेषण

हाल भारतको झारखण्ड र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।

हालको मौसमको अवस्था :

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/२२ देखि २०७७/०८/२४) जारी समय : बिहान ६:०० बजे

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।