मंसिर २१ । काठमाडौं ।
वीर अस्पतालले आफ्ना कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई एकसाता भित्र औषधि खर्च दिने भएको छ।
सम्झौता कार्यन्वयनका लागि आज न्याम्स कार्यकारिणी बैठकबाट यस्तो निर्णय भएको छ ।
वीर अस्पताल (चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान) मा कार्यरत स्वास्थ्यकर्मीहरुले भत्ता लगायत अन्य सेवा सुविधाको माग राख्दै ४६ दिनदेखि आन्दोलन गर्दै आएका थिए ।
जस मध्ये तत्काल औषधि खर्च दिने निर्णय गरिएको र अन्य माग पुरा गर्न निर्णय गर्ने पर्ने आवश्यकता नरहेको कर्मचारी संयुक्त संघर्षको समितिका सहंसयोजक प्रवक्ता खुबराज आचार्यले बताउनु भयो। वीर अस्पताल व्यवस्थापन समितिले माग सम्बोधन गर्न सकारात्मक रहेको बताएको छ । शुक्रबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच भएको वार्तापछि ५ बुँदे सम्झौता भएको छ ।
उहाँले ५ बुँदे सहमति भएको बताउनुभयो ।
सम्झौतामा कोभिड भत्ता वितवरणमा देखिएका त्रुटि सम्बोधनमा अस्पताल प्रशासन र आन्दोलरत पक्षको प्रतिनिधि समेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने व्यवस्था गर्ने,सेवा विस्तार भत्ताका सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने,अस्पतालको पूर्ववत सेवाहरू सहित थप सेवाहरू अझै प्रभावकारी रूपले सञ्चालन गर्ने, प्रतिष्ठान सेवातर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाश पछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने,कार्यरत कर्मचारीको वृत्ति विकास चि.वि. र.प्र ( कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी) नियमावली बमोजिक गराउने ,उल्लेखित सहमति बमोजिमको कार्यान्वन्यका लागि आजैका मितिबाट बन्द ताला मात्रै ६ हप्ता सम्मका लागि आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने लगायतका बुंदाहरु समावेश रहेका छन्।
प्रतिक्रिया