कोरोना अपडेट;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित: ६ करोड ६८ लाख ३२ हजार ९ सय ३१
निको भएका :४ करोड ६२ लाख २७ हजार ८ सय ५३
मृत्यु : १५ लाख ३३ हजार ७ सय ४१
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा आज कोरोना संक्रमित हुने भन्दा निको हुने दोब्बर देखिएका हुन्। गत २४ घन्टामा १ हजार २४ जना संक्रमित थपिदा २ हजार २ सय ६ जना संक्रमित निको भएका छन्।
आज नेपालमा निको हुने दर ९३.४ प्रतिशत देखिएको छ। यो संगै कुल संक्रमित संख्या २ लाख ३९ हजार ८ सय ८५ छ भने देशभर संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या पनि २ लाख २४ हजार ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

नेपालमा कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएसंगै कुल मृतक संख्या १ हजार ५ सय ७७ पुगेको छ। नेपालमा गत २४ घन्टामा ६ हजार ७४ जनाको पिसिआर गरिएको छ । हाल सम्म १७ लाख ७८ हजार 24 जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १४ हजार २ सय ५५ रहेको छ ।

हाल ५ सय ३६ जना क्वारेनटाइनमा रहेका हुन् ।