आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तापक्रम –
अधिकतम: २८.२ डिग्री (भैरहवा )
न्युनतम :- –२.६ डिग्री (जुम्ला )

मंसिर २० गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

मौसम विश्लेषण

हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ ।

हालको मौसमको अवस्था :

हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/२० देखि २०७७/०८/२२) जारी समय : बिहान ६:०० बजे

मंसिर २० गते (शनिबार),दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।