मङ्सिर १९।
नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या निरन्तर वृद्धि भईरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन संक्रमित भन्दा निको हुनेको संख्या बढेको तथ्यांक सार्वजनिक गर्दै आएको हो।सोहि अनुरुप आज पनि करिब १३ सय संक्रमित थपिदा १५ सय बढी निको भएका छन्।
आज नेपालमा निको हुने दर ९२.९ प्रतिशत देखिएको छ। गत २४ घन्टामा नेपालमा १ हजार २ सय ७२ जनामा संक्रमण देखिएको छ भने १ हजार ५ सय ७५ जना संक्रमित निको भएका छन्। यो संगै कुल संक्रमित संख्या २ लाख ३८ हजार ८ सय ६१ छ भने देशभर संक्रमण मुक्त भई घर फर्किनेहरुको २ लाख २१ हजार ८ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएसंगै कुल मृतक संख्या १ हजार ५ सय ६७ पुगेको छ। यो ०.७ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा गत २४ घन्टामा ८ हजार ३१ जनाको पिसिआर गरिएको छ ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १५ हजार ४ सय ४७ रहेको छ ।
हाल सम्म १७ लाख ७१ हजार ९ सय ५० जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हाल ५ सय ३७ जना क्वारेनटाइनमा रहेका हुन् ।
प्रतिक्रिया