जय यादव।
मङ्सिर १८,काठमाडौं।
काठमाडौं महानगरले कुकुर बन्ध्याकरण गर्नको लागि ५० लाख निकासा गरेको छ। महानगर भित्रका छाडा कुकुरहरुको बन्ध्याकरण गर्नका लागि ५० लाख रकम निकासा गरेको पशु व्यवस्थापन महाशाखा प्रमुख डा.अवधेश झाले बताउनु भयो। घामछायाँसंग कुरा गर्दै,” महानगरभित्रका छाडा कुकुरहरुको बिगबिगी बढेकोले बन्ध्याकरण गर्नु परेको छ” उहाँले भन्नु भयो।
कुकुर बन्ध्याकरण गर्न चिकित्सक ,सहायक तथा विभिन्न किसिमका औषधी र उपकरणमा ५० लाख खर्च हुन् सक्ने पशु महाशाखाको अनुमान छ। कुकुर समात्नकालागि सहयोगीहरुको आवस्यकता पर्ने, बन्ध्याकरणको समय गरिने शल्यक्रियामा प्रयोग गरिने औषधी, शल्यक्रिया पुर्व खुवाईने औषधी ,साबुन,सेनेटाइजर,पन्जा साथै बन्ध्याकरनामा प्रयोग गरिने उपकरणहरुको खरिद र व्यवस्थापनका लागि ५० हजार विनियोजित गरिएको उहाँले बताउनु भयो। हाल काठमाडौं महानगरमा ५ जना पशु चिकित्सकको दरबन्दी रहेको छ।
महानगरभित्र झन्डै २२ हजार कुकुर संख्या भएको पशु शाखाले आंकलन गरेको छ। महानगर क्षेत्रका सबै पालिकाहरुसंगको सहकार्यमा २२ हजार कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान शुरु गरिएको छ।
हालसम्म १८ हजार कुकुरको बन्ध्याकराना गरिसकेकोमा करिब १७ लाख खर्च भएको उहाँले बताउनु भयो।
कुकुर दर्ता गराउनेलाई भ्याक्सिन वितरणमा प्राथमिकता
काठमाडौं महानगरपालिकाले दर्ता भएका कुकुरहरुलाई भ्याक्सिन वितरणको पहिलो प्राथमिकतामा राखेको छ। कुकुर टोकाईको भ्याक्सिन महानगरले अनुदान स्वरुप वितरण गर्न भनेको छ। जसमा महानगर भित्रका घरपालुवा कुकुरको दर्ता भएकाहरुलाई पहिलो प्राथमिकता दिईने पशु व्यवस्थापन महाशाखाले जनाएको छ।
प्रतिक्रिया