विश्वभर कोरोना :
संक्रमित: ६ करोड ४८ लाख १ हजार ४ सय २४
निको भएका : ४ करोड ४८ लाख ९९ हजार १ सय १२
मृत्यु :१४ लाख ९८ हजार १ सय ८२
स्रोत: वर्डोमिटर्स
नेपाल:
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या १ हजार ५ सय ३८ पुगेको छ । यो ०.६५ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज नेपालमा निको हुने दर ९२.३ प्रतिशत देखिएको छ। गत २४ घन्टामा १ हजार ५ सय ६७ जना संक्रमित निको भएपछी निकोहुने दरमा पनि वृद्धि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो । यो संगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।
नेपालमा गत २४ घन्टामा ८ हजार ३ सय जनाको पिसिआर गर्दा १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पनि देखिएको छ । यो संगै कुल संक्रमित संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।
हाल सम्म १७ लाख ५४ हजार ६ सय ३० जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १६ हजार ५ सय ४७ रहेको छ ।
हाल ६ सय ५ जना क्वारेनटाइनमा रहेका हुन् ।
प्रतिक्रिया