मङ्सिर १७।
नेपालका राष्ट्रिय क्रिकेट टिमका सदस्य लेग स्पिनर सन्दिप लामिछाने कोरोना मुक्त हुनुभएको छ। आफु संक्रमण मुक्त भईसकेको उहाँले सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको हो। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनु पुर्व सबै खेलाडीहरुको पिसिआर गरिएको थियो। जसमा अन्य सदस्य संगै सन्दीप पनि संक्रमित हुनुभएको थियो। झन्डै १० पह्ही उहाँ संक्रमण मुक्त हुनुभएको र आफु स्वस्थ रहेको सन्दीपले जानकारी दिनुभएको हो। यतिबेला सामाजिक संजालमा उहाँलाई बधाई तथा शुभकामना दिने समर्थकहरुको ओइरो लागेको छ।
एकातिर सन्दीप निको हुँदा अर्कातिर उहाँका व्यवस्थापक रमण शिवाकोटी संक्रमित हुनुभएको छ। शिवाकोटी पनि १० दिन अगावै संक्रमित हुनुभएको थियो। उहाँमा कोरोनाको कुनै लक्षण नदेखिएको शिवाकोटीले बताउनु भयो। हाल उहाँ होम आइसोलेशन रहनु भएको छ।
”स्वास्थ्य अवस्था सामान्य रहेको शिवाकोटीले ३ दिनपछि पुन पिसिआर गराउने तयारी रहेको”,उहाँले भन्नु भयो।
प्रतिक्रिया