पशुपतिमा वातावरणमैत्री शवदाह गृह (भिडियो सहित )

६० प्रतिशत कम दाउरा खपत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मंसिर १७, काठमाडौं।
पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाह गृह स्थापना भएको छ।
एभरेष्ट बैंक लिमिटेडले स्थापना गरेको वातावरण मैत्री शवदाह गृहमा उत्पन्न भएको धुँवा, भिजेको चिम्नी हुर्दै निस्कनेछ र वातावरणमा पुग्नु अघि नै सबै घातक÷विषाक्त वायु प्रदूषण गर्ने पदार्थ हटाई प्रदूषण नियन्त्रण गर्न मदत गर्ने बताइएको छ।

आज एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइको प्रमुख आतिथ्यमा एभरेष्ट बैंक लिमिटेडका कार्यकारी अधिकृत जि.के नेगीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई हस्तान्तरण गर्नुभयो ।

यस अघि बैंकले गत वर्ष पोखराको शान्ति घाट र भैरवको देविखोला घाटमा यस्तै वातावरण मैत्री र प्रदूषण रहित शवदाह गृह निमाण गरि हस्तान्तरण गरि सकेको एभरेष्ट बैंक लिमिटेडका कार्यकारी अधिकृत जि.के नेगीले जानकारी दिनुभयो ।
शवदाह गृहमा शव जलाउदा सामान्य चित्तामा भन्दा कम समय लाग्नुको साथै ६० प्रतिशत दाउराको खपत कम हुने पनि उहाँले बताउनु भयो।