मङ्सिर १६ ।
नेपालमा कोरोना संक्रमण निको हुने दरमा वृद्धि भएको छ। आज नेपालमा निको हुने दर ९२.३ प्रतिशत देखिएको छ। गत २४ घन्टामा २ हजार ७३ जना संक्रमित निको भएपछी निकोहुने दरमा वृद्धि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो । यो संगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।
नेपालमा गत २४ घन्टामा ८ हजार ५ सय ८३ जनाको पिसिआर गर्दा १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पनि देखिएको छ । यो संगै कुल संक्रमित संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
गत २४ घन्टामा २१ जनाले ज्यान गुमाए संगै नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेहरुको कुल संख्या १ हजार ५ सय २९ पुगेको छ। कोरोना संक्रमणबाट दैनिक २० जना भन्दा बढिको मृत्यु हुने क्रम जारि रहेको छ।
हाल सम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।
हाल ६ सय १६ जना क्वारेनटाइनमा रहेका हुन् ।
प्रतिक्रिया