विश्वभर कोरोना :
संक्रमित:६ करोड ३५ लाख ६५ हजार ६ सय ८८
निको भएका : ४ करोड ३९ लाख ४५ हजार १ सय ८८
मृत्यु : १४ लाख ७३ हजार ३ सय ३८
स्रोत: वर्डोमिटर्स
नेपाल:
नेपालमा कोरोनाबाट १५ सय बढीको ज्यान गएको छ। गत २४ घन्टामा २९ जनाले ज्यान गुमाए संगै नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेहरुको कुल संख्या १ हजार ५ सय ८ पुगेको छ। कोरोना संक्रमणबाट दैनिक २० जना भन्दा बढिको मृत्यु हुने क्रम जारि रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा गत २४ घन्टामा १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पनि देखिएको छ । यो संगै कुल संक्रमित संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
आज १ हजार ९ सय ३१ जना निको भएसंगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ ।निको नेपालमा हुने दर ९१.९ प्रतिशत रहेको छ।
हाल सम्म १७ लाख ३७ हजार ७ सय ४७ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १७ हजार ४ सय २३ रहेको छ ।
हाल ५ सय ३५ जना क्वारेनटाइनमा रहेका हुन् ।
प्रतिक्रिया