वीर अस्पतालमा जारि आन्दोलन अझै लम्बिन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मङ्सिर १५, काठमाडौं ।
वीर अस्पतालमा जारि आन्दोलन अझै लम्बिन सक्ने संकेत देखिएको छ। निरन्तर बैठक बस्दै आए पनि वीर अस्पताल प्रशासनले भने अहिले सम्म आन्दोलनरत स्वास्थ्यकर्मीहरुको माग अहिले सम्म पुरा गरेको छैन ।
वीर अस्पताल (चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान) मा कार्यरत स्वास्थ्यकर्मीहरुले भत्ता लगायत अन्य सेवा सुविधाको माग राख्दै ४३ दिन अघि देखि आन्दोलन गर्दै आएका छन् ।
मंसिर १९ गते सम्म पनि माग सम्बोधन नभए आन्दोलन निरन्तर जारि राख्ने नेपाल स्वास्थकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिनुभयो ।

 

उता वीर अस्पताल व्यवस्थापन समितिले माग सम्बोधन गर्न सकारात्मक रहेको बताएको छ।
घामछायाँ संग कुरा गर्दै अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले ,प्रधानमन्त्रिको कार्यालय तथा स्वास्थ्य मन्त्रालयमा समेत यस विषयमा छलफल भईसकेको बताउनु भयो। स्वास्थ्यकर्मीहरुको माग मध्ये कोभिड भत्ता आइतबार नै निकासा भईसकेको पनि उहाँले बताउनु भयो। ”सेवा विस्तार भत्ता र औषधि खरिद खर्च दिने /नदिने विषय भने टुंगो लागेको छैन”,डा.सेन्चुरीले भन्नु भयो।

विगत मै भईसकेको औषधि खरिद खर्च बारेको निर्णयलाई अहिले निरन्तरता दिन नसकिने पनि उहाँले बताउनु भयो।
अस्पतालले औषधि खरिद खर्च शिर्षकमा प्रत्येक स्थायी स्वास्थ्यकर्मिहरुलाई वर्षमा एक पल्ट १ महिना बराबरको तलब प्रदान गर्दै आएको छ।

वीर अस्पतालमा आन्दोलन थप चर्कियो